search

छोराको हत्या आरोपी आमा पक्राउ

पढ्न छुटाउनुभयो ?

प्रस, वीरगंज, ३ जेठ/ जिल्ला प्रहरी कार्यालय, पर्साले आफ्नै पाँच महीनाको छोराको हत्या गरेर फरार भएकी आमालाई नौ महीनापछि पक्राउ गरेको छ।
जिप्रका, पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले २०८०/४/२७ गते बिहान घरमा कोही नभएको बेला वीरगंज महानगरपालिका–१७ अलौं निवासी २२ वर्षीया आरती कुमारीले आफ्नो पाँच वर्षको छोरालाई घाँटी थिचेर हत्या गरी फरार भएको बताए। उनले आरती कुमारीलाई पर्सा जिल्ला अदालतले २०८०/७/१९ गते पक्राउ पुर्जी जारी गरेको र छोराको हत्यापछि आरती भारत रक्सौल थाना सिहपुर, हरैयामा बस्दै आएकोमा यही जेठ १ गते वीरगंज महानगरपालिका–१३ बाट पक्राउ गरिएको बताए।
प्रवक्ता थापाले आरतीलाई वीरगंजमा देखिएको सूचनाको आधारमा पक्राउ गरेर अदालतमा हाजिर गराइ थप अनुसन्धान गरिरहेको बताए।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads