search

spot_img
spot_img

सर्वाेच्चको फैसला जसपाको हकमा हुन्छ –मन्त्री यादव

पढ्न छुटाउनुभयो ?

प्रस, वीरगंज, ५ जेठ/ जनता समाजवादी पार्टीका उपमहासचिव एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीमा एकल निर्णय हाबी गराएर तानाशाह प्रवृत्ति लाद्ने प्रयास गरेका कारण सो पार्टीबाट अलग्गिएर नयाँ पार्टी खोल्नुपरेको बताएका छन्।
दोस्रोपटक मन्त्री भएपछि हिजो गृहनगर वीरगंज आएका उनको स्वागत एवं सम्मानमा शनिवार जसपा, पर्साले आयोजना गरेको कार्यक्रममा मन्त्री यादवले अहिले अशोक राई नेतृत्वको जसपामा कुनै प्रकारको भेदभाव नहुने र नेता तथा कार्यकर्ताको उच्च मूल्याङ्कन गरिने दाबी गरे। उनले सर्वोच्च अदालतको जेठ ८ गतेको फैसला आफ्नो दलको हकमा आउने दाबी गरे।
वीरगंज महानगरपालिकाका प्रमुख एवं जसपाका केन्द्रीय सदस्य राजेशमान सिंहले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई भ्रष्ट नेता भएको आरोप लगाए। उनले जसले पैसा दियो, उसैलाई मन्त्री पद बिक्री गर्ने र प्रदेशको विकास रकमबाट पनि कमिशन खाँदै आएको दोषारोपण लगाए। उनले जसपा नेपालमा अध्यक्ष यादवको ‘होमा हो’ लगाउनेहरू मात्र अटाउने गरेका भन्दै नयाँ दल जसपामा त्यस्तो नहुने बताए।
जसपा, पर्साका अध्यक्ष सिङ्गासन साह तेलीको अध्यक्षतामा भएको कार्यक्रममा जसपाका नेताहरू ईश्वरचन्द्र यादव, जन्नत अन्सारी, मोहनलाल चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए।
यसअघि हिजो मन्त्री यादवलाई वीरगंज आउने क्रममा जसपाका कार्यकर्ताहरूले बाराको सिमरा विमानस्थलबाट स्वागत गर्दै वीरगंज ल्याएका थिए।
Facebook Comments Box
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

जसपालाई झटका दिंदै संविधानसभा सदस्य गुप्तासहित ५०० जना जनमतमा प्रवेश

वीरगंज, ५ साउन । जनता समाजवादी पार्टी (जसपा)लाई ठूलो झट्का लागेको छ । कलैयामा आज पार्टी प्रदेश कार्यक्रममा संविधानसभा सदस्य...

सम्बन्धित खबर

- Advertisement -neelambads