search

जीराभवानीमा मेयरकप फूटबल प्रतियोगिता शुरू

पढ्न छुटाउनुभयो ?

सेढवा, ५ जेठ/ जीराभवानी गाउँपालिका–४ सुपौलीमा शनिवारदेखि दोस्रो जीराभवानी मेयर कप फूटबल प्रतियोगिता शुरू भएको छ।
सनलाइट युवा स्पोट्र्स क्लबको आयोजनामा सञ्चालित प्रतियोगिताको उद्घाटन गर्दै गापाध्यक्ष अनोज चौधरीले सहभागी स्थानीय खेलाडीहरूलाई छनोट गरी प्रशिक्षण गराइने बताए। आगामी आर्थिक वर्षदेखि पालिकामा स्पोट्र्स एकेडेमी सञ्चालन गरी दक्ष खेलाडी उत्पादन गर्ने योजना रहेको उनले बताए।
जिल्ला खेलकूद विकास समितिका पूर्वकोषाध्यक्ष चक्रधारी चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा मावि नौकाटोलाका प्रधानाध्यापक रामाशङ्कर चौधरी, आयोजक संस्थाका वरिष्ठ सल्लाहकार दीपेन्द्र महतो र रामजनम महतोले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
प्रतियोगितामा १० वटा टीम सहभागी छन्। विजेता टीमलाई नगद ५० हजार र उपविजेतालाई नगद २५ हजार र ट्रफी प्रदान गरिने आयोजकले जानकारी गराएको छ।
उद्घाटन खेलमा टनकनाथ बाबा क्लब पिप्रा भवानीपुरले न्यू सनलाइट युवा स्पोट्र्स क्लब सुपौलीलाई टाइब्रेकरमा पराजित गरेको छ। निर्धारित समयमा दुवै टीमले एक/एक गोलको बराबरी खेलेका थिए।
भोलि दुईवटा खेल हुनेछ। पहिलो खेल युवा समाज पकडीटोल र भगौली बाबा शङ्करसरैया र दोस्रो खेल ब्रह्मबाबा युवा क्लब शहजानपुर र सुगीभारमाई युवा क्लब सखुवनियाबीच हुनेछ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads