search

spot_img
spot_img

प्रधानमन्त्रीलाई विश्वासको मत दिने कार्यसूचीमा अवरोध गर्दा भविष्यसम्म प्रभावित हुने: सभामुख घिमिरे

पढ्न छुटाउनुभयो ?




काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले मुलुकको कार्यकारी प्रमुखले आफ्नो बहुमत परीक्षण गर्छु भनेर संसदमा प्रस्ताव गरेको अवस्थामा त्यसलाई प्रभावित बनाउनु नहुने बताउनुभएको छ । 

कार्यव्यवस्था परामर्श समितिको आजको बैठकमा प्रधानमन्त्रीलाई विश्वासको मत दिने कार्यक्रममा नै अवरोध गर्ने कुराले कालान्तरसम्म प्रभावित बनाउने सभामुखले बताउनुभयो । 

सभामुख घिमिरेले संसदको नेतृत्वको हिसाबले आफूले व्यवस्थापन गर्नै पर्ने भन्दै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनका लागि संसदमा प्रस्ताव गरेको अवस्थालाई गम्भीरतापूर्वक लिन प्रमुख प्रतिपक्षी र प्रतिपक्षी दलहरूको ध्यानाकर्षण गराउनु भएको हो । 

संसदीय अभ्यासमा केही बिजनेसमा सत्तापक्ष र प्रतिपक्ष एक ठाउँमा आउनुपर्ने भन्दै केही दिनअघि मात्रै संसदमा प्रस्तुत भएको नीति तथा कार्यक्रममा जस्तै  बजेट र प्रधानमन्त्रीको विश्वासको मतको विषयमा पनि सौहार्दता प्रस्तुत गर्नु आवश्यक रहेको बताउनुभयो । 

आजको सत्तापक्ष भोलि प्रतिपक्ष र आजको प्रतिपक्ष भोलि सत्तापक्ष हुने हुन सक्ने भन्दै संसद्को अभ्यास, परम्परा कस्तो बसाउने भन्ने विषयलाई गम्भीरतापूर्वक लिनु पर्नेमा सभामुख घिमिरेले ध्यानाकर्षण गराउनुभयो ।  

संसदमा मतभेदहरू हुन्छन्, विषयमा बहसहरू हुने भन्दै संसदीय छानबिन समिति गठनका लागि आवश्यक गृहकार्य भइरहेको अवस्थामा ध्रुवीकरण नभई सहकार्य र सहमति गरेर अगाडि बढ्ने अभ्यास अनुसार काम गर्नुपर्नेमा सभामुखले जोड दिनुभयो ।

यसैबीच आज बिहान बस्ने भनिएको संसदीय छानबिन समिति गठनका लागि प्रमुख दलहरुले बनाएको कार्यदलको बैठक अझै बस्न सकेको छैन ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

२१२औं भानुजयन्तीको अवसरमा साहित्यिक कार्यक्रम

वीरगंज २९ असार । नारायणी वाङ्गमय प्रतिष्ठान, वीरगंज पर्साले आदिकवि भानुभक्त आचार्यको २१२औं जन्मजयन्तीको अवसरमा साहित्यिक कार्यक्रम सम्पन्न गरेको...

सम्बन्धित खबर

- Advertisement -neelambads