search

spot_img
spot_img

मोरङका ५२ हजार बढी बालबालिकालाई आइपिभि खोप लगाइँदै

पढ्न छुटाउनुभयो ?

विराटनगर । स्वास्थ्य कार्यालय मोरङले जिल्लामा पोलियो रोग विरुद्धको आइपिभि खोप अभियान सञ्चालनमा ल्याउने गरि तयारी गरेको छ ।

विश्वबाट पोलियो रोग उन्मुलनका लागि जेठ–१३ गतेदेखि जेठ–२६ गतेसम्म जिल्लामा खोप अभियान सञ्चालनमा हुन लागेको हो ।

राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत आइपिभि खोप अभियान सम्बन्धी विराटनगरमा आज आयोजित जिल्ला खोप समन्वय समितिका पदाधिकारी एवं सञ्चारकर्मीका लागि अभिमुखीकरण कार्यक्रममा सो कुराको जानकारी गराइयो ।

अभियान अन्तर्गत मोरङ जिल्लाका ५ वर्षदेखि ८ वर्ष मुनिका ५२ हजार ३ सय बढी बालबालिकालाई यो खोप लगाउन लागिएको स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा सुरेश मेहताले बताउनुभयो । जस्का लागि जिल्लाका १७ वटै पालिकाका १ हजार ६७ वटा विद्यालयमा सो उमेरका बालबालिकालाई खोप लगाइनेछ ।

विद्यालयलाई खोप केन्द्र बनाएर सञ्चालन गर्न लागिएको अभियानमा १ हजार ७८ स्वयंसेवक परिचालन हुने छन् । विद्यालय बाहिर रहेका बालबालिकाका लागि नजिकको पायक पर्ने स्वास्थ्य केन्द्रहरूमा खोप लगाउने व्यवस्था मिलाइएको छ ।

स्वास्थ्य निर्देशनालय काशी प्रदेश धनकुटाका खोप अधिकृत भरत भण्डारीले खोप लगाउन कुनै पनि बालबालिका छुट्न नहुने भएकाले त्यसका लागि निजी तथा सरकारी विद्यालयसँगै जनप्रतिनिधिको भूमिका महत्त्वपूर्ण रहने बताउनुभयो ।

कोशी प्रदेशमा सो उमेर समूहका २ लाख ५० हजार बालबालिकालाई सो खोप लगाइने छ । मोरङ, झापा तथा सुनसरी जिल्लामा सो उमेर समूहका ६० प्रतिशत बढी बालबालिका रहेका छन् ।

आगामी तिन वर्षभित्र विश्वभरमै यो रोग उन्मुलन गर्ने लक्ष्य रहेको कार्यक्रममा जानकारी गराइएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका प्रमुख एवं जिल्ला खोप समन्वय समितिका अध्यक्ष अजम्मर राईले स्थानीय सरकारले भौतिक पूर्वाधारको विकाससँगै मानवीय विकासलाई जोड दिनुपर्ने बताउनुभयो ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

श्रीसिया नदी प्रदुषण नियन्त्रणका लागि लिखित प्रतिबद्धता

वीरगंज, १७ असार । श्रीसिया नदी प्रदुषण नियन्त्रणका लागि सरोकारवालाहरूबीच मंगलवार भएको छलफलमा लिखित प्रतिबद्धता जनाइएको छ । मधेस...

सम्बन्धित खबर

- Advertisement -neelambads