search

अन्तरपालिका स्तरीय मेयर कप पुरुष भलिबलको उपाधि पाथीभरा याङवरकलाई

पढ्न छुटाउनुभयो ?




ताप्लेजुङ । ताप्लेजुङमा सञ्चालित चौथो अन्तरपालिका स्तरीय मेयर कप पुरुष भलिबलको उपाधि पाथीभरा याङवरक गाउँपालिकाले हात पारेको छ । 

आज (सोमबार) सम्पन्न पालिकास्तरीय भलिबल प्रतियोगितामा सिदिङ्वा गाउँपालिकालाई ३–१ ले पछि पार्दै याङवरक गाउँपालिकाले उपाधि हात पारेको हो । 

ताप्लेजुङ पर्यटन महोत्सवको अवसरमा जेठ ३ गते देखि सञ्चालित  प्रतियोगिताको विजेताले नगद २ लाख ७५ हजार १ सय सहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।  उपविजेता सिदिङ्वा गाउँपालिकाले नगद १ लाख ४० हजार १ सय रुपैयाँ सहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनले जानकारी दिनुभयो ।  

सेमिफाइनल पुग्ने सिरिजङ्गा र मिक्वाखोला गाउँपालिकाले समान ४५–४५ हजार रुपैयाँ पाएका छन् ।  यता खेलाडीको सम्मानका लागि भन्दै खेलाडीले जिते बराबर रकम पाथीभरा याङवरक गाउँपालिकाले थप गरेर खेलाडीलाई वितरण गर्दै आइरहेको छ । 

ताप्लेजुङमा ‘स्थानीय अर्ग्यानिक मेला महोत्सवमा प्रोत्साहन ताप्लेजुङको पर्यटकीय स्थलहरूको प्रचार प्रसार तथा अवलोकन’ भन्ने मूल नाराका साथ विगत पाँच दिन देखि ताप्लेजुङ पर्यटन महोत्सव फङलिङमा सुरु भएको छ ।

Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads