search

spot_img
spot_img

चौथो संस्करणको अन्नपूर्ण म्याराथन जेठ २१ गते हुने

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

पोखरा । चौथो संस्करणको अन्नपूर्ण म्याराथन–२०८१ यही जेठ २१ गते हुने भएको छ ।

अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजना तथा अन्नपूर्ण गाउँपालिका कास्कीको व्यवस्थापनमा उक्त प्रतियोगितामा यही जेठ २१ गते हुने भएको समितिका अध्यक्ष एवं अन्नपूर्ण म्याराथन मुल आयोजक समितिका संयोजक ललित गुरुङले बताउनुभयो ।

समितिले अन्नपूर्ण प्रथम हिमाल आरोहण दिवसका दिनको अवसर पारेर प्रत्येक बर्ष अन्नपूर्ण आधार शिविरबाट घान्द्रुकसम्म (१४२.१९५ किमी)को अन्नपूर्ण म्याराथन गर्दै आइरहेको छ ।

पर्यटनका लागि सबै मौसम भन्ने मूल नाराका साथ वि.सं. २०७५ सालदेखि सुरु गरिएको चौथो संस्करणको अन्नपूर्ण म्याराथन–२०८१ अन्नपूर्ण आधार शिविरको पूर्वाधार विकाससँगै पर्यटन प्रवर्द्धनका लागि सुरु गरिएको म्याराथनलाई यस बर्ष पनि निरन्तरता दिइएको उहाँले जनाउनुभयो ।

विशेषतः सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी ८ हजार मिटर भन्दा अग्ला हिमाल आरोहणको इतिहासमा विश्व कीर्तिमानी राखेको सन्दर्भमा उक्त दिनलाई “अन्नपूर्ण आरोहण दिवस” का रूपमा मनाउने गरिन्छ । सोही दिनको सम्झनामा अन्नपूर्ण म्याराथन हुने भएकाले यसको छुट्टै ऐतिहासिक गरिमा रहेको संयोजक गुरुङको भनाई छ ।

महिला तथा पुरुष दुवै तर्फका लागि हुने म्याराथनमा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः नगद १ लाख ५० हजार, १ लाख र ७५ हजार साथै मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । विदेशीका लागि प्रोत्साहन पुरस्कार स्वरूप विशेष पुरस्कारको व्यवस्था गरिएको छ । पुरुषतर्फ दर्ता शुल्क ७ हजार र महिलातर्फ ५ हजार तोकिएको छ ।

म्याराथनलाई अन्तर्राष्ट्रिय इभेन्टका रुपमा विकास गर्न गत वर्षदेखि अल्टिमेट एडभन्चर नेपालले प्राविधिक सहयोग गरेको छ ।

महोत्सव सम्पन्न गर्न ४२ सदस्यीय रहेको मुल व्यवस्थापन समिति, १३ वटा विभिन्न उपसमितिसहित सल्लाहकार समिति गठन गरिएको समितिका महासचिव दिलीप गुरुङले बताउनुभयो ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो भूमि हो- गृहमन्त्री लेखक

पर्सा, १६ भदौः गृहमन्त्री रमेश लेखकले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूमि भएकाले यसमा छिमकी मित्रराष्ट्रहरुले चित्त दुखाउनुनपर्ने बताउनुभएको...

सम्बन्धित खबर

- Advertisement -neelambads