search

spot_img
spot_img

पार्टीका शीर्ष नेतृत्वसँग छलफल गरी कार्यदलको बैठक भोली बिहान पुनः बस्ने

पढ्न छुटाउनुभयो ?




काठमाडौँ । सहकारीको रकम अपचलनबारे छानविन गर्न गठन हुने संसदीय छानविन समितिको काम कर्तव्य र अधिकार टुङ्गो लगाउन आज बसेको कार्यदल बैठकमा आ–आफ्नो पार्टीको शीर्ष नेतृत्वसँग छलफल गरी भोली बिहान पुनः बस्ने सहमति भएको छ । 

कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको दुवै पक्ष आ–आफ्नो अडानमा यथावत् रहेपछि पार्टी नेतृत्वसँग थप छलफल गरी भोली बिहान पुनः सहमति भएको बैठकपछि नेताहरूले बताउनुभएको छ । 

सहकारीको रकम अपचलन माथि संसदीय छानविन हुनुपर्ने प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको माग सम्बोधन गर्न सत्तापक्ष लचक भएपछि व्यक्तिको नाम उल्लेख नगर्न प्रमुख प्रतिपक्षी दल लचक हुनुपर्ने सत्ता पक्षको प्रस्तावमा नेपाली काँग्रेस सकारात्मक रहेको र भोलीको बैठकले टुङ्गो लगाउने बैठकपछि कार्यदलका सदस्य एवं नेकपा एमालेका सचेतक महेश बर्तौलाले बताउनुभयो । 

कार्यदलका सदस्य एवं नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले जो माथि प्रश्न उठेको हो उसको नाम उल्लेख नगरी नेपाली काँग्रेस सहमत हुन नसक्ने अडान राखेको र सत्ता पक्षले भोलीको बैठकमा थप तयारीका साथ आउने बताएको जानकारी दिनुभयो । 

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सहकारीको रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेको संलग्नता माथि सरकारी संयन्त्र भित्रबाट हुने छानविन प्रभावित हुन सक्ने भन्दै संसदीय छानविन समितिको माग गर्दै आएको छ । 

Facebook Comments Box
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

परवानीपुरमा उत्पादित कार्पेट दुबई निकासी्

राधेश्याम पटेल, १ साउन । वीरगंज–पथलैया औद्योगिक कोरिडोरको एक उद्योगले तेस्रो मुलुक कार्पोट निकासी शुरु गरेको छ ।...

सम्बन्धित खबर

- Advertisement -neelambads