राधेश्याम पटेल, परवानीपुर, १० जेठ/ नेपाल–भारत व्यापार तथा पारवहन सम्मेलन वीरगंजमा सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेश एवं पिएचडी उद्योग वाणिज्य महासङ्घ दिल्लीको संयुक्त आयोजनामा सो सम्मेलन सम्पन्न भएको हो । सम्मेलनमा नेपाल–भारतबीच हुने व्यापार तथा पारवहनको विषयमा दुवै देशका व्यवसायीले भोग्नुपरेका समस्याका बारेमा छलफल हुनुका साथै त्यस्ता समस्याहरू समाधानका लागि नेपाल र भारतका सरोकारवाला निकायले पहल गर्नुपर्ने आवाज उठेको थियो । सम्मेलनबाट २१ बुँदे माग राख्दै घोषणापत्रसमेत जारी गरिएको छ । घोषणापत्रमा नेपाली व्यवसायीहरूले सामना गर्नुपर्ने समस्या सम्बोधनका लागि २१ वटा माग राखिएका छन् ।
नेपाल र भारतले व्यापारिक तथा औद्योगिक नीति दीर्घकालीन बनाउनुपर्ने, आइसिपीको पूर्वाधार सुधार एवं प्रविधिमैत्री बनाउनुपर्ने, भारतीय बन्दरगाहमा काम छिटोछरितो र मितव्ययी हुनुपर्नेलगायतका माग गरिएका छन् ।
त्यसैगरी, अवैध कारोबार रोक्न नेपाली भन्सार नाकामा अनिवार्य एक्स–रे मेशीन सञ्चालनमा ल्याउनुपर्ने, दुवै देशका भन्सार नाकामा सफ्टवेयर रिडेबलको व्यवस्था गर्नुपर्ने, भन्सार क्षेत्रबाहिर निजी क्षेत्रलाई कस्टम बन्डेड (सिएफएस) सञ्चालनको लागि सरकारले अनुमति दिनुपर्ने, नेपाली बन्दरगाहसम्म विद्युतीय पूर्वाधार विस्तार गर्नुपर्ने माग गरिएको छ । त्यस्तै, कोलकाता, हल्दिया, विशाखापटनमसँगै भारतका सबै बन्दरगाहबाट सामान आयातको लागि बन्दरगाह खुल्ला गर्नुपर्ने, भारतीय बन्दरगाहबाट नेपाली ट्रक गएर सामान ल्याउन पाउनुपर्ने, रेलमार्गबाट नेपाली निजी कम्पनीले पनि सामान ढुवानी गर्न रेल कम्पनी सञ्चालनको लागि अनुमति पाउनुपर्ने, इसिटिएस खारेज गर्नुपर्ने, भारतीय बन्दरगाहसम्म एलसिएल (लेस देन कन्टेनर लोड) शीर्षकमा खुद्रामा आएका सामान सीधैं कन्टेनर खोलेर ढुवानीको साटो सीधैं नेपाली भन्सारसम्म आयात गर्न पाउनुपर्ने, नेपाली सिपिङ लाइसेन्सलाई कानूनको दायरमा ल्याइ नियमन गर्नुपर्ने, आइसिपी, बन्दरगाहबाट सामानसँगै यात्रु आवागमन शुरू गर्न यात्रुवाहक बस र सुविधासम्पन्न रेल सञ्चालन गर्नुपर्ने, नेपाल र भारतका मुख्य नाकाहरू वीरगंज, विराटनगर, भैरहवालगायतबाट दिल्लीसम्म सुविधासम्पन्न तीव्र गतिको रेलसेवा सञ्चालन गर्नुपर्ने, नेपाल–भारत नाका बिहान ५ देखि राति १२ बजेसम्म खोल्नुपर्ने माग राखिएका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानी र पिएचडिसिसिआई भारत–नेपाल केन्द्रका कार्यकारी निर्देशक कमलेश जैनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कोलकातास्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्यदूत ईश्वरराज पौडेल र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवीसहाय मीणाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल इन्टरमोडेल बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट, वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिल अग्रवाल, नेपाल–भारत सहयोग मञ्चका अध्यक्ष अशोक बैद, नेपाल फ्रेट फर्वार्डर एशोसिएशनका उपाध्यक्ष नरेशकुमार अग्रवाल, वीरगंजका उद्योगपति जगदीश अग्रवाल, प्रिस्टिन भ्याली ड्राइपोर्टका प्रमुख अतुल शर्मा, विभिन्न सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता थियो