search

spot_img
spot_img

चोरबाटो प्रयोग गर्दै ईरिक्शा

पढ्न छुटाउनुभयो ?

परवानीपुर, १० जेठ/ वीरगंजमा ईरिक्साहरू चोरबाटो प्रयोग गर्दै सञ्चालन भइरहेका छन् । अन्य यातायात व्यवसायीहरूका अनुसार रोड परमिट नभएको क्षेत्रमा चोरबाटो प्रयोग गर्दै ईरिक्शा चलिरहेका छन् । मुख्य सडकखण्डमा ट्राफिक र प्रहरीले रोड परमिटको विषयमा कडाइ गरेपछि ईरिक्शा चालकहरूले चोरबाटो प्रयोग गरी सञ्चालन गरिरहेको बताइएको छ ।
वीरगंज महानगर क्षेत्रभित्र मात्रै केही ईरिक्सालाई रोड परमिट दिइए पनि उनीहरूले वीरगंज–पथलैया सडकखण्डमा अवैधरूपमा चलाउँदा आफूहरूलाई मर्का परेको अन्य यातायात व्यवसायीहरूको आरोप छ । बारा–पर्सा परवानीपुर यातायात व्यवसायी सङ्घका अध्यक्ष गुलमहमद मियाँले विभिन्न चारवटा यातायातमा आबद्ध करीब दुई सय म्याजिक भ्यान र सिटीराइड बस वीरगंजबाट पथलैयासम्म सञ्चालन भइरहेकामा दैनिक करीब एक हजार ईरिक्शा गण्डकभन्दा उत्तर अर्थात् परवानीपुर, जीतपुर, पथलैयासम्म चल्दा आफूहरूको कारोबारमा असर परेको गुनासो गरे ।
उनले यस्तो समस्याको सवालमा सरोकारवाला नियमनकारी निकायलाई कडाईगर्न पहल गर्दा समेत सोचे अनुसारको नतीजा नपाएको र आफूहरूको व्यवसाय प्रभावित भएको बताए ।
वीरगंजमा हाल करीब छ हजारभन्दा बढी ईरिक्शा सञ्चालनमा छन् । वीरगंजका विभिन्न ठाउँबाट रूट निर्धारण गरी महानगरपालिका र यातायात व्यवस्था कार्यालयबाट रोड परमिट पाएर केही ईरिक्शा मात्रै सञ्चालन हुनुपर्नेमा रोड परमिटबेगर अधिकांश ईरिक्शा राजमार्गमा चल्दा दुर्घटनाको जोखिम बढ्नुका साथै वैधानिकरूपमा सरकारलाई बर्सेनि लाखौं राजस्व तिर्ने यातायात व्यवसायीहरूलाई मर्का परेपछि अवैधरूपमा सञ्चालित ईरिक्शाहरूमा रोक लगाउनुपर्ने उनीहरूको माग छ ।
हाल वीरगंज–पथलैया सडकखण्डमा बारा–पर्सा परवानीपुर, वीरगंज–पथलैया मझौला यातायात व्यवसायी सङ्घ, गुरुकृपा यातायात व्यवसायी सङ्घ, वीरगंज–पथलैया सिटीराइड बस व्यवसायी सङ्घ गरी चारवटा यातायात व्यवसायी सङ्घमा दुई सय म्याजिक भ्यान र सिटीराइड बस सञ्चालनमा रहेका छन् । ईरिक्शा जथाभावी सञ्चालन हुँदा वैधानिकरूपमा चल्ने अन्य यातायातको कारोबार कम हुँदा बैंकको किस्तासमेत तिर्न नसकेर तनाव सृजना भइरहेको व्यवसायीहरूको भनाइ छ । यस सम्बन्धमा जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साका प्रमुख एवं ट्राफिक प्रहरी निरीक्षक भास्कर खतिवडाले यसबारेमा आफूले जानकारी लिई कडाइका साथ कारबाही प्रक्रिया अगाडि बढाइने बताए ।
उनले यातायात र वीरगंज महानगरबाट कतिको सङ्ख्यामा ईरिक्शाले रोड परमिट पाएका छन् जानकारी लिने बताए । वीरगंजमा यकीनका साथ कति ईरिक्शा सञ्चालनमा छन् भन्ने अवस्था नरहेको उनले बताए ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

मधेस प्रदेशमा ‘लम्पीस्किन’को सङ्क्रमण बढ्दो

जनकपुरधाम, ३० असार : मधेस प्रदेशमा पशु चौपायामा लाग्ने लम्पीस्किन सङ्क्रमण तीव्र रुपमा बढ्दो छ । विगत दुई महिनादेखि...

सम्बन्धित खबर

- Advertisement -neelambads