search

spot_img
spot_img

प्रधानमन्त्री दाहालसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको शिष्टाचार भेट

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?




काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एम्नेस्टी इन्टरनेसनलका महासचिव अग्नेज कालामार्डले आज शिष्टाचार भेट गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उहाँहरूबीच सङ्क्रमणकालीन न्याय एवम् मानवअधिकारसम्बन्धी विविध विषयमा छलफल भएको प्रधानमन्त्री दाहालका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।

तिमिल्सिनाका अनुसार भेटमा प्रधानमन्त्री प्रचण्डले मानवअधिकारको संरक्षण र प्रवर्द्धनका पक्षमा प्रतिबद्धता व्यक्त गर्दै मानवअधिकारसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जिम्मेवारी पूरा गर्न नेपाल सधैँ प्रयत्नशील रहेको स्पष्ट पार्नुभएको थियो ।

प्रधानमन्त्री दाहालले संसद्मा विचाराधिन सङ्क्रमणकालीन न्यायसम्बन्धी मस्यौदा विधेयक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला पक्षलाई विश्वासमा लिएर अगाडि बढाइने बताउनुभएको थियो ।

त्यसअवसरमा महासचिव कालामार्डले नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन प्रधानमन्त्री दाहालले निर्वाह गर्नुभएको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन छिट्टै निर्माण हुने र शान्ति प्रक्रिया टुङ्गिने विश्वास व्यक्त गर्नुभएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

मुखियाले बन्दुक देखाएर अपहरण गरे–शिक्षक यादव

वीरगंज, १० भदौ । बारा,प्रसौनी गाउँपालिका वडा नं ६ बेलहियाका वडा अध्यक्ष वृजकिशोर कुशवाहाले बन्दुख देखाएर अपहरणग गरी कुटपिट...

सम्बन्धित खबर

- Advertisement -neelambads