search

spot_img
spot_img

राष्ट्रियसभा बैठक  स्थगित 

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?




काठमाडौँ । राष्ट्रियसभाको  आजको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ । 

बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद्हरुले उठेर विरोध जनाए पछि बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको हो  ।

बैठकमा  सभाका अध्यक्ष  नारायणप्रसाद दाहालले नीति तथा कार्यक्रम माथि छलफल गर्नु पर्ने महत्वपूर्ण अवस्थामा सभालाई सहज रुपमा अगाडी बढाउन आग्रह गर्नुभयो  ।

सभाका अध्यक्ष दाहालले जनआकाङ्क्षा र जन असन्तुष्टिलाई समेत ख्याल गरी प्राप्त उपलब्धी लाई संस्थागत गर्नु सबैको दायित्व भएको भन्दै सदनलाई निर्बाध रुपमा अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो ।

सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सदन अवरुद्ध गर्दै आएको छ ।

 राष्ट्रिय सभाको अर्को बैठक यही जेठ १३ गते आइतबार  बिहान साढे ११ बजे बस्ने छ ।

आजको बैठकमा सरकारको आर्थिक वर्ष २०८१/०८२को नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची रहेको थियो ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

शिवम् हत्या प्रकरणका मुख्य आरोपी अंशु गिरी पक्राउ

वीरगंज, २१ असोज । गत असोज १४ गते राति भएको शिवम साह कानुको हत्या प्रकरणमा संलग्न मुख्य आरोपी अंशु गिरीलाई...

सम्बन्धित खबर

- Advertisement -neelambads