search

spot_img
spot_img

जनताको भलो हुने गरी काम गर्छु : मुख्यमन्त्री अधिकारी

पढ्न छुटाउनुभयो ?




पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले जनताको भलो हुने गरी आफूले काम गर्दै आएको बताउनुभएको छ । कास्कीको मादी गाउँपालिका–७ मा निर्मित थाक समाज घरको उद्घाटन गर्दै उहाँले आफ्नो ध्यान जनताको भलो हुने काममा रहेको बताउनुभयो ।

मादी गाउँपालिकामा विकास निर्माण काम तीव्रताका साथ गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दै उहाँले गण्डकी प्रदेशका सबै जनतालाई सरकारको महसुस गराउने खालका नीति तथा कार्यक्रम र बजेट निर्माण गर्ने तयारी भइरहेको जनाउनुभयो । धेरै बोल्ने भन्दा पनि काम गरेर जनतालाई अनुभूति दिलाउने कोसिसमा आफू रहेको बताउनुभयो ।

गण्डकी प्रदेशका ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री वेदबहादुर गुरुङले जनताले भोग्नुपरेका समस्या समाधान गर्न आफ्नो तर्फबाट काम गरिरहेको बताउनुभयो । आफू सोही क्षेत्रको जनप्रतिनिधि समेत रहेको कारण जनताका सुख दुःखलाई नजिकबाट बुझेर प्राथमिकताको आधारमा काम गर्न लागेको उहाँको भनाई छ ।

त्यस अवसरमा समाज घर निर्माणमा सहयोग गर्ने दानवीर, जग्गादाताहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा तमु समुदायको चर्चित भेषभुषाको रुपमा रहेको फेटा र भाङ्ग्रा मुख्यमन्त्री अधिकारीलाई लगाइएको थियो ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

बाराको कुर्मीको घटनामा ५ जना आरोपितलाई पूर्पक्षको लागि थुनामा राख्न आदेश

राधेश्याम पटेल, वीरगंज, २३ असार।  बारा,कलैया-१४ स्थित बघवन गाउँमा नन्दु राउत कुर्मीको हत्या मुद्दामा पाँचजनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश...

सम्बन्धित खबर

- Advertisement -neelambads