search

spot_img
spot_img

एमाले धनकुटाको आठौँ जिल्ला अधिवेशन सुरु

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?




धनकुटा । नेकपा एमाले धनकुटाको आठौँ जिल्ला अधिवेशन शनिबारदेखि धनकुटा सदरमुकामको सामुदायिक भवनमा सुरु भएको छ ।

अधिवेशनको एमाले केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवालीले उद्घाटन गर्नुभयो । अधिवेशनमा जिल्लाका सात स्थानीय तह, विभिन्न जनवर्गीय सङ्गठन, पेशागत क्षेत्र, सम्पर्क मञ्चबाट ५ सय ४८ जना प्रतिनिधि सहभागी सहभागी छन् । अधिवेशनले पार्टीको राजनीतिक, आर्थिक र साङ्गठनिक प्रतिवेदन पारित गर्दै नयाँ नेतृत्व चयन गर्ने जिल्ला सचिव निरन राईले बताउनुभयो ।

नेताहरूले सकेसम्म सर्वसम्मत रुपमा, नभए चुनावबाट नेतृत्व चयन हुने बताउँदै आउनुभएको छ । उद्घाटन सत्र सकिएपछि सहमतिको प्रयास गरी बन्द सत्र सुरु गर्ने एमालेको तयारी छ । सहमति नभए निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गर्ने बताइएको छ ।

अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, एक जना सचिव, एक जना महिलासहित दुई जना उपसचिव र ९० सदस्यीय जिल्ला कमिटी सदस्य चयन हुनेछन् । जिल्ला कमिटीमा कम्तीमा ३३ प्रतिशत महिला, १५ प्रतिशत युवा र अपाङ्ग, मजदुर, पेशागत, दलित तथा अल्पसङ्ख्यक गरी १० प्रतिशत अनिवार्य गरिएको सचिव राइले बताउनुभयो ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

मुखियाले बन्दुक देखाएर अपहरण गरे–शिक्षक यादव

वीरगंज, १० भदौ । बारा,प्रसौनी गाउँपालिका वडा नं ६ बेलहियाका वडा अध्यक्ष वृजकिशोर कुशवाहाले बन्दुख देखाएर अपहरणग गरी कुटपिट...

सम्बन्धित खबर

- Advertisement -neelambads