search

spot_img
spot_img

सगरमाथा युवा क्लब, बगही र शक्ति युवा क्लब, परवानीपुरले बराबरीमा

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, १३ जेठ/ वीरगंजमा जारी जिल्ला लिग फूटबल प्रतियोगिता अन्तर्गत आइतवार सम्पन्न दोस्रो दिनको खेलमा सगरमाथा युवा क्लब, बगही र शक्ति युवा क्लब, परवानीपुरले बराबरीमा खेल सम्पन्न गरे।
पर्सा जिल्ला फूटबल सङ्घको आयोजनामा आदर्शनगर खेलमैदानमा भएको खेलमा शक्ति युवा क्लब र सगरमाथा युवा क्लबले एक/एक गोलको बराबरी खेलेका हुन्।
मध्यान्तर अघि शक्ति युवा क्लबका विशाल ढुङ्गेलले गोल गरेका थिए। खेल शुरू भएको केहीबेरमैं ढुङ्गेलले पहिलो गोल गरेर टीमलाई अग्रता दिलाएका थिए। मध्यान्तर हुनु अघि अन्तिम समयमा सगरमाथाका क्षितिज तामाङले एक गोल गरी खेल बराबरीमा पु–याएका थिए। त्यसपछि खेलको बाँकी अवधिमा दुवै टीमले गोल गर्न सकेनन्। यस खेलको ‘म्यान अफ दी म्या’च सगरमाथा युवा क्लबका क्षितिज तामाङ घोषित भए। आगामी जेठ २६ गतेसम्म जारी रहने प्रतियोगितामा जिल्लाका १३ वटा क्लब सहभागी भएका आयोजक क्लबका महासचिव विनोद परियारले बताए।
सोमवारको खेल लालीगुराँस युथ क्लब, बिर्ता र ग्यालेक्सी युवा क्लब, पिपराबीच हुने महासचिव परियारले बताए।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

प्रतिनिधिसभा सदस्य निर्वाचन कार्यतालिका स्वीकृत, मङ्सिर १ देखि १० गतेसम्म दल दर्ता

काठमाडौँ, २० असोज: निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । स्वीकृत...

सम्बन्धित खबर

- Advertisement -neelambads