search

spot_img
spot_img

वीरगंजमा एनसिएको सम्मेलन सम्पन्न

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, १७ माघ । नेपाल कमर्स एशोसिएशन (एनसिए)को प्रथम सम्मेलन वीरगंजमा सम्पन्न भएको छ ।
सम्मेलनको उद्घाटन भारत, उत्तरप्रदेश, जौनपुरमा रहेको भिबिएस पूर्वाञ्चल युनिभर्सिटीका बिजनेश इकोनोमिक डिपार्टमेन्ट हेड एवं इन्डियन कमर्स एशोसिएशनका पूर्वउपाध्यक्ष प्राडा मानस पाण्डेले गरेका थिए ।
सम्मेलनमा उद्घाटन र छलफल गरी दुईवटा सत्र राखिएका थिए । उद्घाटन सत्रमा राजर्षि जनक विश्वविद्यालय, जनकपुरधामका डिन एवं एनसिएका संस्थापक डा विनोद साह, महेन्द्र बहुमुखी क्याम्पस, धरानका ट्र्याक चेयरम्यान एवं रिसर्च कमिटी हेड प्रा अशोककुमार झा, नेपाल कमर्स क्याम्पस, काठमाडौंका फ्याकल्टी मेम्बर डा सुरेन्द्र महतो, वीरगंज महानगरपालिका वडा नं ३ का अध्यक्ष बैजुलाल स्वर्णकार, वीउवासङ्घका अध्यक्ष अनिलकुमार अग्रवाल, वरिष्ठ उपाध्यक्ष हरि गौतम, नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष ओमप्रकाश खनाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा एनसिएका सचिव डा आलोकचन्द्र दत्त, कोषाध्यक्ष डा अशोकदास ठाकुर, कार्यकारी सदस्यहरू डा सरोज ठाकुर, डा उदयकिशोर तिवारी, डा सन्तोष कर्ण, बैंकर्स एशोसिएशन वीरगंजका अध्यक्ष रोहिणी आचार्य, नेपाल इन्स्योरेन्स प्रोफेशनल सोसाइटी वीरगंजका महासचिव नितेश दास, कोअपरेटिभ म्यानेजर्स क्लब वीरगंजका अध्यक्ष रविभूषण श्रीवास्तवलगायतको सहभागिता थियो ।
एनसिएका अध्यक्ष दीपेन्द्रकुमार चौधरीको अध्यक्षतामा एवं सुनीता साह र कृष्ण पासवानको सहजीकरणमा सम्पन्न कार्यक्रममा अर्थशास्त्रका १९ जना विद्यार्थीले अनुसन्धानपत्र प्रस्तुत गरी छलफल र सुझाव आदानप्रदान गरेका थिए ।
नेपालको अर्थतन्त्रमा भारत, चीन र अन्य तेस्रो मुलुकका आर्थिक नीति, नियम–कानूनले कस्तो असर पारिरहेको, इमेल, इन्टरनेट र आधुनिक प्रविधिको प्रयोगबाट नेपाली अर्थतन्त्रमा पर्ने असर र नेपालको अर्थतन्त्र सुधारका लागि सरकारले नीति नियम कस्तो बनाउनुपर्ने जस्ता विषयमा विज्ञहरूले कार्यपत्र प्रस्तुत गरेका थिए ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

सुनील पण्डितको अर्को धमाकेदार गीत रिलिज

वीरगंज, २ भदौं । भोजपुरीको सुप्रसिद्ध गायक सुनील पण्डितको ‘राज करतानी’ नामक भोजपुरी गीति एलबम विमोचन भएको छ । वीरगंजको शाह...

सम्बन्धित खबर

- Advertisement -neelambads