पोखरीया,२९ वैशाख ।
राष्ट्रिय मुक्ति पार्टी नेपालले पर्सा जिल्लाको पोखरिया नगरपालिकामा आफ्नो भण्डाफोर अभियानलाई निरन्तरता दिएको छ । पार्टीका केन्द्रीय सदस्य नेजामुद्दीन शमानीले जारी गरेको विज्ञप्ति अनुसार, २०८१ कात्तिक ५ गते विभिन्न मागहरू राखी नगर प्रमुखलाई बुझाइएको ज्ञापन पत्रमा कुनै सुनुवाइ नभएपछि यो अभियान जारी राखिएको हो । ण्पार्टीले पोखरिया नगरपालिका समक्ष मुख्यतया सात बुँदे मागहरू प्रस्तुत गरेको छ । ती मागहरूमा हाल बढाइएको सम्पत्ति कर फिर्ता गर्नुपर्ने, नगरपालिकाका कर्मचारीहरूलाई समयमै तलब भुक्तानी गर्नुपर्ने, नगरपालिकाभित्र भइरहेको ठगी धन्दा बन्द गर्नुपर्ने, निर्माण कार्य सम्पन्न गरेका ठेकेदारहरूलाई भुक्तानी दिनुपर्ने, नगर विस्तारमा जग्गाधनी तथा खरिदकर्ताको जग्गा सुरक्षित गर्नुपर्ने, स्वास्थ्य बिमा गराएका नागरिकहरूलाई सहज रूपमा औषधि उपलब्ध गराउनुपर्ने र मधेश आन्दोलनका शहीदहरू बीरबल मुखिया बिन तथा चंदन पटेलको नाममा शहीद पार्क निर्माण गर्नुपर्ने रहेका छन् ।
केन्द्रीय सदस्य शमानीले नगरपालिकाले लामो समयसम्म पनि आफ्ना मागहरूको सम्बोधन नगरेकोमा गम्भीर आपत्ति जनाएका छन् । उनले भने, “हामीले शान्तिपूर्ण तरिकाले आफ्ना जायज मागहरू राखेका थियौं, तर दुर्भाग्यवश अहिलेसम्म त्यसको कुनै सुनुवाइ भएको छैन। त्यसैले हामी आफ्ना मागहरूलाई जनताको बीचमा लैजान र नगरपालिकालाई जवाफदेही बनाउन यो भण्डाफोर अभियान चलाउन बाध्य भएका छौं ।” राष्ट्रिय मुक्ति पार्टी नेपालले आफ्ना मागहरू पूरा नभएसम्म संघर्ष जारी राख्ने चेतावनी दिएको छ। यस अभियानले पोखरिया नगरपालिकामाथि दबाब सिर्जना गर्ने र नागरिकका समस्याहरूको सम्बोधन गर्न बाध्य पार्ने अपेक्षा गरिएको छ। यस घटनाक्रमलाई स्थानीय नागरिकहरूले पनि चासोका साथ हेरिरहेका छन् ।
बाराको जीतपुरस्थित जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको अधुरो भवन निर्माण कार्य पुनः सुरु भएको छ। बुद्ध जयन्ती तथा उभौली पर्वको अवसर पारेर आज बिहान एक कार्यक्रमका बीच भवन निर्माण कार्यको थालनी गरिएको हो।