search

आर्सनलले कायमै राख्यो ५ अंकको अग्रता

पढ्न छुटाउनुभयो ?

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा आर्सनलले फुलह्यामलाई हराएको छ र, ५ अंकको अग्रता कायमै राखेको छ ।

आइतबार भएको खेलमा आर्सनलले फुलह्यामलाई ३–० गोल अन्तरले हराएको हो । फुलह्यामको घरेलु मैदानमा भएको खेलमा आर्सनलले २१औं मिनेटमा गाब्रियल मागलहेल्सको गोलबाट अग्रता लिएको थियो । ५ मिनेटपछि नै गाब्रियल मार्टिनेलीले गोल गर्दै भ्रमणकारी टोलीलको अग्रता दोब्बर बनाए ।

इन्जुरी टाइममा ओडेगार्डले गोल गरेपछि आर्सनलले पहिलो हाफमा ३–० को अग्रता बनायो । तीन वटै गोलको एसिस्ट भने डिएन्ड्रो ट्रोसर्डले गरेका थिए ।

दोस्रो हाफमा दुबै टोलीबाट गोल हुन सकेन । जितपछि आर्सनल २७ खेलबाट ६६ अंकका साथ शीर्ष स्थामा छ भने दोस्रो स्थानमा रहेको डिफेण्डिङ च्याम्पियन म्यानचेष्टर सिटीको समान खेलबाट ६१ अंक छ ।

फुलह्याम भने ३९ अंकका साथ आठौं स्थानमा छ ।

Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads