search

spot_img
spot_img

वीरगंज महानगरद्वारा ६ वटा शैक्षिक संस्थामा सिलबन्दी

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज
वीरगंज महानगरपालिकाले शैक्षिक संस्थाको अनुगमनलाई निरन्तरता दिएको छ ।  अनुमति नलिई र मापदण्ड विपरीत सञ्चालित शैक्षिक संस्थालाई सिल गर्ने अभियानलाई निरन्तरता दिँदै महानगरले मङ्गलवार पनि दुई वटा संस्थामा सिलबन्दी गरेको छ । महानगरअन्तर्गतको नियमन समितिका संयोजक ईश्वरचन्द्र यादव नेतृत्वको महानगरको टोलीले वीरगंज महानगरपालिका – ८ स्थित युनिभर्सल प्लस टु कलेज र प्रिन्सटन मोडेल एकेडेमीमा सिलबन्दी गरेको हो ।
वीरगंज– १५ मा रहेको युनिभर्सल सेकेण्डरी स्कूलले कक्षा ११ र १२ सञ्चालन गर्न लिएको अनुमतिलाई दुरुपयोग गर्दै नियम विपरीत अन्य वडामा युनिभर्सल प्लस टु कलेज चलाएको पाएपछि अनुगमन गर्न पुगेको टोलीले सिलबन्दी गरेको नियमन समितिका संयोजक ईश्वरचन्द्र यादवले बताए । यादवका अनुसार कक्षा ११ र १२ सञ्चालन गर्न अनुमति लिएको शैक्षिक संस्थाले नाम परिवर्तन गरेर कलेज लेख्न पाइँदैन । यद्यपि युनिभर्सलले सो विपरीत कलेज लेखेको पाएपछि सिल गरिएको उनको भनाई छ ।
नियमन समितिले वीरगंज– ८ स्थित नै रहेको प्रिन्सटन मोडेल एकेडेमीलाई पनि सिल गरेको छ । प्रिन्सटनले कक्षा ११ र १२ सञ्चालनका लागि अनुमति नै नलिएर पठनपाठन गराइरहेको पाएपछि सिल गरिएको यादवले जानकारी दिए । वीरगंज सेन्ट्रल स्कूलको नाममा कक्षा सञ्चालन गर्न अनुमति लिने प्रक्रिया मै रहेको समयमा छुट्टै नाम राखेर विद्यार्थी भर्ना गरेर कक्षा सञ्चालन समेत गरिरहेको भेटिएको उनले बताए ।अनुगमन टोलीले वीरगं सेन्ट्रल स्कूल पनि मापदण्ड अनुसार सञ्चालनमा नरहेको भेटेको थियो । स्कूलमा एउटा कक्षा कोठा भित्र जम्मा सात जना विद्यार्थी अध्ययन गरिरहेको भेटिएको अनुगमन टोलीसँगै गएका सञ्चारकर्मी अमित अग्रवालले बताए ।
यसअघि महानगरले सोमबार वीरगंज – १६ स्थित श्री माईस्थान बाल विद्या मन्दिर इन्दु लाखे आधारभूत विद्यालय गहवामा सञ्चालनमा रहेको अन्नपूर्ण कलेज, वीरगंज – ११ स्थित युनिभर्सल एकेडेमी कलेजमा सिलबन्दी गरेको थियो । त्यसै गरी महानगरले गत बुधवार वीरगंज – ११ स्थित इम्पेरियल कलेज र वीरगंज – १३ स्थित वीरगंज स्कूल अफ लमा पनि सिलबन्दी गरेको थियो । अनुगमन टोलीमा वीरगंज महानगरका मेयर राजेशमान सिंहका सल्लाहकार अभिषेक तिवारी, शैक्षिक प्रशासन महाशाखाकाकी अधिकृत सिर्जना बुढाथोकी, मेयर सिंहका जनसम्पर्क सल्लाहकार नवराज फुयाँललगायत सञ्चारकर्मी एवम् जनप्रतिनिधिको सहभागिता रहेको थियो ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

मधेश प्रदेश सरकारद्वारा उच्च आन्तरिक राजश्व संकलन

जनकपुरधाम २८ साउन । आर्थिक वर्ष ०८१ / ८२ मा ५ अर्व ५४ करोड ७२ लाख ३३ हजार रुपैया...

सम्बन्धित खबर

- Advertisement -neelambads