search

पटेलनगरमा आँखा शिविर सम्पन्न

पढ्न छुटाउनुभयो ?

परवानीपुर, १० साउन/ जिल्ला प्रहरी कार्यालय, पर्साको आयोजनामा वीरगंज–२१ पटेलनगरमा निश्शुल्क आँखा शिविर सम्पन्न भएको छ ।
ग्रेट पिस इङ्गलिश बोर्डिङ स्कूल परिसरमा आयोजित शिविरको उद्घाटन वडा प्रहरी कार्यालय, श्रीपुरका प्रहरी निरीक्ष्Fक धर्मजङ्ग थिङले गरेका थिए । विद्यालयका प्रधानाध्यपक श्रवणकुमार पटेलको अध्यक्षतामा भएको कार्यक्रममा जिप्रका, पर्साकी प्रनि नीता थापा, प्रहरी चौकी परवानीपुरका प्रनानि यमनाथ पनेरु, शिक्षक कृष्ण कुशवाहा, अभिभावक पन्नालाल यादवलगायत शिक्षक, कर्मचारीहरूको सहभागिता थियो । वीरगंज सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा १५० जना छात्रछात्रा तथा स्थानीयहरूको आँखा परीक्षण भएको अस्पतालका संयोजक महेशसिंह धामीले बताए ।
Facebook Comments Box

ताजा खबर

हसिनालाई मृत्युदण्डको फैसलाविरुद्ध अवामी लिगद्वारा देशव्यापी विरोध प्रदर्शनको आह्वान

वीरगंज , मंसिर - १० बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई इन्टरनेसनल क्राइम्स ट्रिब्युनलले सुनाएको मृत्युदण्डको फैसलाविरुद्ध उनकी पार्टी अवामी लिगले...

सम्बन्धित खबर

- Advertisement -neelambads