search

अंश चौधरीलाई हत्या गरेर फालेको हो– परिवारजन, शल्यपरीक्षणमा बच्चाको मृत्यु डुबेर भएको –प्रहरी

पढ्न छुटाउनुभयो ?

प्रस, परवानीपुर, २९ माघ/

बारा, जीतपुरका बालक मृत्युको घटनाले नयाँ मोड लिएको छ। बारा प्रहरीको अनुसन्धानबाट बालकको मृत्यु डुबेर भएको भनेर सञ्चारमाध्यममा खबर आइराख्दा पीडित परिवारले बालकको हत्या गरी नालामा फालिएको भनेर असन्तुष्टि पोखेका छन्। 

जीतपुरसिमरा उपमहानगरपालिका–७ शान्तिटोल बस्ने मनीष जयसवालले सो आपत्ति प्रकट गरेका हुन्। उनी मृत्यु भएका तीन वर्षीय बालक अंश चौधरीका नातामा हजुरबुबा पर्छन्। रौतहट, दुर्गाभगवती गाउँपालिका–१ गङ्गापिपरा बस्ने रितेश चौधरी (कलवार) का छोरा अंश चौधरी दुई महीनादेखि मामाघर जीतपुरमा बस्दै आएका थिए। 

गत माघ १७ गते बिहान ९ः३० बजे मामाघरको आँगनमा खेलिरहेको बेला उनी हराएका थिए। उनी हराएको १० दिनपछि टेढारोड चोकदेखि टेढा स्कूल जाने जनता सडकको उत्तरपट्टि रहेको कियासोत खोलामा उनको डुबेर मृत्यु भएको अवस्थामा शव बरामद भएको थियो। घटनाक्रम हेर्दा बालकले लगाएको ज्याकेट, डाइपर नभेटिएको र चप्पल पनि अर्कै रहेकोले यो घटना डुबेर नभई हत्या गरेर फालेको हुन सक्ने परिवारजनको आशङ्का छ। यस घटनाको सूक्ष्म अनुसन्धान गरी हत्याराको पत्ता लगाउनुपर्ने पीडित परिवारको माग छ। 

यसै विषयमा बारा प्रहरीले बालकको शल्यपरीक्षण प्रतिवेदन अनुसार डुबेर मृत्यु भएको देखिएको बताएको छ। प्रहरीले तथ्य र प्रमाणको आधारमा बोल्ने भएकोले नारायणी अस्पतालका शल्यपरीक्षण चिकित्सकले ड्रनिङ (डुबेर) मृत्यु भएको लेखिसकेपछि त्यसो भनेको जवाफ दिएको हो। बालकलाई पानीलाई डुबाएर मार्दा पनि शल्यपरीक्षणमा चिकित्सकले त्यही कुरा लेख्छन् नि ? भन्ने प्रश्नमा बारा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्ष्Fक प्रकाश सापकोटाले त्यस्तो मामिलामा पीडित परिवारको कसैसँग इबी रहेको र कसले मारेको हो हुन सक्ने भन्नेबारेमा हामीलाई पीडित पक्षले सहयोग गर्दा सो कुरा अनुसन्धान गरी पत्ता लगाउने सकिने बताए।

Facebook Comments Box

ताजा खबर

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

काठमाडौँ, ९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले...

सम्बन्धित खबर

- Advertisement -neelambads