भारतीय नागरिक पेस्तोलसहित पक्राउ

1200x150_1200x150-01.jpg (1)
वीरगंज, १२ फागुन मकवानपुर प्रहरीले पेस्तोलसहित दुर्ई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारतको बिहार शिवहर बस्ने २२ वर्षीय धिरजकुमार र मोतीहारी बस्ने २६ वर्षीय दीपक कुमार रहेका छन् । उनीहरूलाई पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१५, रातोमाटेबाट पेस्तोल र गोलीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनीहरूको साथबाट एक राउण्ड गोली लोड भएको ९ एमएमको अटो पेस्तोल र सलाईको बट्टाभित्र थप दुर्ई थान गोली बरामद गरिएको छ। रौतहट जिल्लाको गौरबाट हेटौंडा आउँदै गरेको ना.८ ख ८७७३ नम्बरको बसलाई जाँच गर्ने क्रममा हतियारसहित उनीहरू पक्राउ परेका थिए । प्रहरीले उनीहरूमाथि आवश्यक अनुसन्धान गरिरहेको छ ।

भर्खरै

सम्बन्धित पोस्टहरुः