देउरियाबाट ५४ किलो चरेस बरामद

1200x150_1200x150-01.jpg (1)
वीरगंज, ६ भदौ । पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ५ देउरीयास्थित रामायण चौधरीको धान खेतबाट ५४ किलो ४०० ग्राम चरेस प्रहरीले बरामद गरेको छ ।
शुक्रवार दिउँसो इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा खटिएको टोलीले स्थानीय रामायण चौधरीको धानखेतबाट ५४ किलो ४०० ग्राम चरेस फेला परेको थियो ।
खेतधनी चौधरी फरार भएको र बरामद चरेस जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक सुवाष भट्टले जानकारी दिएका छन् ।

भर्खरै

सम्बन्धित पोस्टहरुः