search

बारामा चार हजार हेक्टरमा लगाइएको बाली डुबानमा

पढ्न छुटाउनुभयो ?

बारा , २४ असोजः बारामा यही असोज १७ गते रातिदेखि १९ गते बिहानसम्म परेको अविरल वर्षाका कारण चार हजार हेक्टर क्षेत्रफलमा लगाइएको बाली डुबानमा परेको छ ।
कृषकले खेती गरेको धान, उखु र तरकारी डुबानमा परेको कृषि ज्ञानकेन्द्र बाराका प्रमुख राजनारायण साहले जानकारी दिनुभयो । जिल्लाका १६ वटै स्थानीय तहमा किसानले लगाएको भदैया धान (एक हजार ६१५ हेक्टर), अगहनी (एक हजार ३५७), उखुबाली (४३७ हेक्टर) तथा तरकारी (४८८ हेक्टर) डुबानमा परेको उहाँले बताउनुभयो ।
चालु आर्थिक वर्ष २०८२÷८३ मा कृषकले भदैया अगहनी गरी कूल ४६ हजार २० हेक्टर क्षेत्रफलमा खेती गरेको कृषि ज्ञानकेन्द्रले जनाएको छ । डुबानका कारण यस वर्ष उत्पादनमा कमी आउनसक्ने बताइएको छ ।
Facebook Comments Box

ताजा खबर

मधेस प्रदेशका मुख्यमन्त्रीलाई नीगिगत र दीर्घकालीन असरपर्ने काम नगर्न सर्वोच्चको आदेश

काठमाडौँ, २ मङ्सिरः सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई मुद्दा किनारा नलागेसम्म नीतिगत र दीर्घकालीन असरपर्ने निर्णय नगर्न...

सम्बन्धित खबर

- Advertisement -neelambads