search

शनिवार पनि परिचयपत्रका लागि जिल्ला प्रशासनले सेवा दिने

पढ्न छुटाउनुभयो ?

वीरगंज, २४ असोज । जिल्ला प्रशासन कार्यालय, पर्साले राष्ट्रिय परिचयपत्र वितरण सेवा शनिवार बिहान ७ः३० बजेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ। शुक्रवार जारी गरिएको सूचनामा शनिवार सार्वजनिक बिदाका दिन पनि सेवा सञ्चालन गर्ने जनाएको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा सेवाग्राहीको भीड अत्यधिक बढेपछि बिदाका दिन पनि सेवा दिने निर्णय गरेको हो । भीड व्यवस्थापनका लागि कार्यालयले सेवा समय विस्तार गर्दै अब आइतवारदेखि दैनिक बिहान ७ः३० बजेदेखि अपरान्ह ५ बजेसम्म सेवा सञ्चालन गर्ने भएको हो । यसअघि पालिका अनुसार तोकिएको बार प्रणालीलाई खारेज गरी निरन्तर टोकन प्रणाली लागू गरिएको तथा वीरगंज महानगरपालिकाका लागि छुट्याइएको बिहीवार र शुक्रवारको तालिका पनि अब लागू नहुने कार्यालयले स्पष्ट पारेको छ। त्यसैगरी राहदानी बनाउनुपर्ने, बैंक खाता खोल्नुपर्ने वा अन्य अत्यावश्यक कारणले तुरून्तै परिचयपत्र चाहिने सेवाग्राहीका लागि विशेष प्राथमिकता व्यवस्था गरिएको कार्यालयले जनाएको छ।
Facebook Comments Box

ताजा खबर

मधेस प्रदेशका मुख्यमन्त्रीलाई नीगिगत र दीर्घकालीन असरपर्ने काम नगर्न सर्वोच्चको आदेश

काठमाडौँ, २ मङ्सिरः सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई मुद्दा किनारा नलागेसम्म नीतिगत र दीर्घकालीन असरपर्ने निर्णय नगर्न...

सम्बन्धित खबर

- Advertisement -neelambads