पर्सा, कार्तिक ८ –
आफूलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको घुमुवा बताउँदै रकम असुली गरेको आरोपमा पक्राउ परेका अशोक वर्णवालमाथि प्रहरीमा जागिर लगाइदिने भन्दै २ लाख ५ हजार रुपैयाँ ठगी गरेको अर्को आरोप लागेको छ ।
पोखरियाका श्रीराम राउतका छोरालाई प्रहरीमा जागिर लगाइदिने आश्वासन दिएर उक्त रकम लिएको तर जागिर पनि नलगाइदिएको र रकमसमेत फिर्ता नगरेको पीडित पक्षको दाबी छ ।
वर्णवाल हाल इलाका प्रहरी कार्यालय पोखरियाको नियन्त्रणमा रहेको प्रहरी स्रोतले जनाएको छ । उनीमाथि लागेको पछिल्लो आरोपबारे भने स्वतन्त्र पुष्टि हुन बाँकी छ । घटनाबारे निष्पक्ष अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने देखिएको छ ।






