बंगालको खाडीमा चक्रवात विकसित हुँदै, नेपालमा पनि वर्षाको सम्भावना

1200x150_1200x150-01.jpg (1)

पर्सा, कार्तिक ७ –

बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली चक्रवातमा परिणत हुन सक्ने र त्यसको प्रभाव नेपालमा समेत पर्ने सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै आउँदो साता नेपालको मौसम प्रभावित हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाका अनुसार उक्त प्रणाली कात्तिक ९ गते चक्रवातमा विकसित भई भारतको उत्तर आन्ध्र प्रदेश र दक्षिण ओडिसाको तटीय क्षेत्रबाट जमिनतर्फ प्रवेश गर्न सक्ने सम्भावना छ ।

यसको प्रभावले कात्तिक ११ गतेदेखि १५ गतेसम्म नेपालका विभिन्न स्थानमा मौसम बदली हुनुका साथै वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । यद्यपि, वर्षाको मात्रा, जोखिमको स्तर र सम्भावित असरबारे अहिले नै यकिन गर्न नसकिने स्पष्ट पारिएको छ ।

सम्भावित प्रतिकूल मौसमले कृषि तथा पर्यटन क्षेत्रमा असर पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

महाशाखाले मौसमसम्बन्धी मोडल, भू–उपग्रहका तस्बिर र तथ्याङ्कको विश्लेषण गर्दै प्रणालीको विकासक्रम निगरानी गरिरहेको जनाएको छ । थप विवरण प्राप्त भएपछि मौसमसम्बन्धी सूचना अद्यावधिक गरिने पनि महाशाखाले जनाएको छ ।

सम्बन्धित पोस्टहरुः