प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच चार घण्टा लामो भेटवार्ता

1200x150_1200x150-01.jpg (1)

पर्सा , कार्तिक १२ —

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच बुधबार बिहान चार घण्टा लामो भेटवार्ता भएको छ।

बूढानीलकण्ठस्थित लामिछानेको निवासमा भएको भेटवार्तामा प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेनसमेत सहभागी थिए।

भेटमा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) नियुक्ति, निजामती कर्मचारीसम्बन्धी अध्यादेश तथा विभिन्न विश्वविद्यालयका पदाधिकारी नियुक्तिलगायत विषयमा छलफल भएको बताइएको छ।

यद्यपि भेटवार्तामा भएका छलफल र सम्भावित निर्णयबारे दुवै पक्षले औपचारिक जानकारी सार्वजनिक गरेका छैनन्।

सम्बन्धित पोस्टहरुः