पर्सागढीमा अवैध सालको काठसहित पिकअप बरामद, चालक पक्राउ

1200x150_1200x150-01.jpg (1)

वीरगंज , कार्तिक १२  —

पर्साको पर्सागढी नगरपालिका–२, गोडपसराबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको काठसहित एउटा पिकअप गाडी बरामद गरेको छ। घटनामा संलग्न रहेको आरोपमा चालकलाई समेत नियन्त्रणमा लिइएको छ।

इलाका प्रहरी कार्यालय एकटाँगा र प्रहरी चौकी मनवाबाट खटिएको संयुक्त टोलीले सोमबार राति करिब २ बजे ना५त १२५४ नम्बरको पिकअपबाट सात थान सालको गोलिया बरामद गरेको हो।

प्रहरीका अनुसार विन्ध्यवासिनी कोइलाभार साझेदारी वनअन्तर्गत छतवनटाँडी र बडनिहार आसपासको जंगलबाट अवैध रूपमा कटान गरिएको काठ फर्निचर उद्योगतर्फ लैजाँदै गरेको अवस्थामा बरामद गरिएको हो।

पक्राउ पर्नेमा पर्सागढी–२, छतवनटाँडी निवासी पिकअप चालक केदार चौधरी रहेका छन्।

इलाका प्रहरी कार्यालय एकटाँगाका प्रहरी नायब निरीक्षक मनोज यादवका अनुसार बरामद काठ, गाडी र चालकलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय पर्सामा बुझाउने तयारी भइरहेको छ।

सम्बन्धित पोस्टहरुः