ब्राजिलमा लुला चौथो कार्यकालका लागि राष्ट्रपति निर्वाचित

1200x150_1200x150-01.jpg (1)

एजेन्सी , कार्तिक १२ —

ब्राजिलका वामपन्थी नेता लुइज इनासिओ लुला दा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्।

राष्ट्रपति निर्वाचनमा लुलाले करिब ५१.८ प्रतिशत मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी फ्लेभियो बोल्सोनारोले ४८.२ प्रतिशत मत प्राप्त गरेका छन्।

पूर्वराष्ट्रपति जायर बोल्सोनारोका छोरा फ्लेभियोले निर्वाचन परिणाम स्वीकार नगरी मतदानको समय थप्ने अदालतको निर्णयप्रति असन्तुष्टि जनाएका छन्। उनले निर्वाचन रद्द गर्न माग गर्ने बताएका छन्।

भारी वर्षा र यातायात अवरोधका कारण मतदानमा समस्या भएपछि अदालतले मतदानको समय दुई घण्टा थपेको थियो।

लुलाको जितपछि साओ पाउलो र रियो दि जेनेरियोमा समर्थकहरूले उत्सव मनाएका छन्। यसअघि सन् २००३, २००६ र २०२२ मा राष्ट्रपति निर्वाचित भएका लुलाका लागि नयाँ कार्यकालमा महँगी, अपराध नियन्त्रण र राजनीतिक सहकार्य प्रमुख चुनौती रहनेछन्।

उनको जितपछि विभिन्न देशका नेताहरूले बधाई दिएका छन्।

सम्बन्धित पोस्टहरुः