बहुदरमाईका दुई विपन्न परिवारलाई खाद्यान्न तथा राहत सामग्री वितरण

1200x150_1200x150-01.jpg (1)

वीरगंज , कार्तिक १२ —

पूर्ण कबीर उपासक समाज नेपाल, पर्साले बहुदरमाई नगरपालिकाका दुई विपन्न परिवारलाई खाद्यान्न तथा आवश्यक राहत सामग्री वितरण गरेको छ।

संस्थाले बहुदरमाई नगरपालिका–४ निवासी मुन्नी देवीको परिवारलाई नगरप्रमुख सिंहासन साह तेलीमार्फत राहत सामग्री हस्तान्तरण गरेको हो।

त्यसैगरी, बहुदरमाई नगरपालिका–२, सिसियाडी निवासी मनोहर पण्डितको परिवारलाई वडा सदस्य वीरेन्द्र ठाकुरले खाद्यान्न तथा आवश्यक सामग्री हस्तान्तरण गरेका थिए।

संस्थाका पर्सा जिल्ला संयोजक नरेशप्रसाद पण्डितले आर्थिक रूपमा कमजोर तथा असहाय परिवारलाई सहयोग गर्ने उद्देश्यले राहत वितरण गरिएको बताए।

उनले संस्थाले विपन्न परिवारलाई अन्न, कपडा, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत आवश्यकतामा सहयोग पुर्‍याउने अभियान सञ्चालन गर्दै आएको जानकारी दिए।

सम्बन्धित पोस्टहरुः