एक वर्षदेखि थन्कियो ४० लाखको विद्युतीय गाडी, कम्पनीको सेवाप्रति शुक्लाको असन्तुष्टि

1200x150_1200x150-01.jpg (1)

वीरगंज , कार्तिक १३ —

दुई वर्षअघि खरीद गरेको १४ सिटे विद्युतीय गाडीमध्ये एउटा एक वर्षदेखि थन्किएपछि वीरगंजका गाडीधनी घनश्याम शुक्लाले बिक्री गर्ने कम्पनीको सेवा र व्यवहारप्रति असन्तुष्टि जनाएका छन् ।

विशाल ग्रुपअन्तर्गतको भिजी मोटर्स प्रालिबाट खरीद गरिएका एसआरएम ब्रान्डका दुई गाडीमध्ये बागमती प्रदेश ०३–००१–ज–६४६ नम्बरको गाडीमा पटक–पटक प्राविधिक समस्या देखिएको शुक्लाले बताएका छन् । उनका अनुसार गाडी स्टार्ट नहुने, टायरमा समस्या आउने र गुड्दागुड्दै रोकिने समस्या देखिएपछि एक वर्षदेखि सञ्चालन गर्न नसकिएको हो ।

करिब ४० लाख रुपैयाँमा खरीद गरेको गाडी प्रयोगविहीन हुँदा ऋणको साँवा र ब्याज तिर्नसमेत कठिनाइ भएको शुक्लाको गुनासो छ । समस्या समाधानका लागि कम्पनीको शाखा तथा केन्द्रीय कार्यालयमा पटक–पटक जानकारी गराउँदा पनि अपेक्षित पहल नभएको उनले आरोप लगाए ।

यस विषयमा कम्पनीका इन्जिनीयर श्याम ठाकुरले गाडीमा प्राविधिक समस्या हुन सक्ने बताएका छन् । उनले समस्या पहिचान र समाधानका लागि काठमाडौंस्थित कम्पनीमा सम्पर्क गर्न सुझाव दिएका छन् । लामो समयदेखि गाडी सञ्चालन गर्न नपाउँदा आर्थिक क्षति बेहोर्नुपरेको भन्दै शुक्लाले तत्काल समस्या समाधान गर्न कम्पनीसँग माग गरेका छन् ।

साभार : प्रतिक दैनिक

भर्खरै

सम्बन्धित पोस्टहरुः