शव बुझने विषयमा एलएस अस्पतालमा विवाद

राधेश्याम पटेल,परवानीपुर, २५ साउन । बारा,परवानीपुर–५ बहुअरीस्थित एलएस न्यूरो हस्पिटलमा शव बुझने विषयमा आज अपरान्ह ३ बजे विवाद भएको छ ।
उपचारको क्रममा मृत्यु भएको बारा,कलैया उपमहानगरपालिका–१२ शितलपुर बस्ने वर्ष २६ का दिपक मली डुमको परिवारले विवाद सृजना गरेका हुन् । अस्पताल व्यवस्थापन पक्षले उपचार खर्च बापतको बाँकी साढे ४ लाख रुपैया अस्पतालमा जम्मा नगर्दा सम्म उनको शव नदिने अडान राखेकोले पीडित परिवारजन र नातेदारहरुले विरोधमा उत्रेका थिए ।
नातेदारका वीरगंज–३० लालपर्साका सिकिन्दर मली डुमले अस्पतालले विपन्न र असहाय भन्दा पनि शव दिन नमान्दा आफुहरु विरोधमा उत्रेको बताए । उनले अस्पतालको चिकित्सकको लापारवाहीको कारण दिपकको मृत्यु भएको उनले बताए । गत साउन ११ गते विहान १० बजे कलैयामै तीन जना सवार एक मोटरसाइकलले उनको मोटरसाइकललाई ठक्कर दिदा उनी घाइते भएका थिए ।
यस विषयमा बाराको ईलाका प्रहरी कार्यालय प्रसौनीले अनुसन्धान अघि बढाएको छ । बारा प्रहरीका अनुसार ठक्कर दिने व्यक्ति पनि असहाय र गरिब रहेको एवं उनको स्वासथय अवस्थत पनि ठिक नरहेको बताएको छ । उनको उपचार पनि कलैया स्थित प्रादेशिक अस्पतालमा भइरहेको बताए । यस विष्यामा अस्पतालका प्रशासन प्रमुख डा.अर्जुन पटेलसंग कुरा गर्दा शव बुझेरले पीडित परिवार घर गइसकेको बताए । उनले अस्पतालको तिर्नु पर्ने बाँकी साढे ४ लाख रुपैयाँ तिर्न नपरोस भनेर पीडित परिवारले अस्पतालमा होहल्ला मात्रै गरेको बताए ।
पछि पीडित परिवारजनसंग सल्लाह भएर पैसा निलिईकन शव दिनु परेको उनले स्पष्ट पारे ।‘यसरी गरिब विपन्न र दलित परिवारलाई सक्दो सहयोग गरेको छ अस्पताल तर साढे ४ लाख सम्मको रकम छोडनु भनेको अस्पतालले घाटाको कारोबार गर्नू हो,हामो पनि खर्च छ,डाक्टर कर्मचारीलाई तलब भत्ता दिइनु पर्छ,’उनले भने,‘यसरी हामी मात्र सेवा नै गरिरहयो भने अस्पताल डुब्छ ।’
सम्बन्धित पोस्टहरुः