search

मधेश प्रदेश सरकारद्वारा उच्च आन्तरिक राजश्व संकलन

पढ्न छुटाउनुभयो ?

जनकपुरधाम २८ साउन । आर्थिक वर्ष ०८१ / ८२ मा ५ अर्व ५४ करोड ७२ लाख ३३ हजार रुपैया आन्तरिक राजश्व संकलन गरेको छ ।
मधेश प्रदेश सरकारले विगत वर्षहरुको तुलनामा आर्थिक वर्ष २०८१ / ८२ मा आन्तरिक राजश्व संकलनमा उल्लेखनीय प्रगति हो ।
विगत वर्षहरूसँग तुलना गर्दा २०८१/८२ मा संकलित रकम सात वर्ष अघिको भन्दा दोब्बरभन्दा बढी भएको अर्थ मन्त्रालयका सचिव रामकुमार महतोले जानकारी दिनुभयो । महतोका अनुसार कर प्रशासन सुदृढीकरण, राजस्व चुहावट नियन्त्रण, डिजिटल प्रणालीको विस्तार र आन्तरिक आर्थिक गतिविधि वृद्धिका कारण यो उल्लेखनीय प्रगति सम्भव भएको हो।
प्रदेश सरकारले आव ०७५/७६ मा २ अर्व ६६ करोड १५ लाख ३६ हजार , आव ०७६ / ७७ मा २ अर्व ७५ करोड ७२ लाख ४१ हजार, आव ०७७ / ७८मा १ अर्व ९५ करोड ४८ लाख ५१ हजार आन्तरिक राजश्व संकलन गरेको छ थियो । यसैगरि आव ०७८/०७९ मा २ अर्व ८८ करोड ६ लाख ३२ हजार, ०७९ / ८० मा ३ अर्व ९० करोड २५ लाख २८ हजार र आव २०८०/ ८१ मा ३ अर्व ५ करोड ९२ लाख ३१ हजार राजश्व संकलन गरेको थियो ।
Facebook Comments Box

ताजा खबर

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

काठमाडौँ, ९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले...

सम्बन्धित खबर

- Advertisement -neelambads