search

spot_img
spot_img

सूर्य नेपालद्वारा वीरगंजका दुई विद्यालयलाई कम्प्युटर ल्याब हस्तान्तरण

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज ६ भदौ । वीरगंजका दुई विद्यालयमा सूर्य नेपाल प्रा.लि.ले अत्याधुनिक कम्प्युटर ल्याब स्थापना गरी हस्तान्तरण गरेको छ । वीरगंज महानगरपालिकाको वडा नं. ३२ स्थित श्री मनमिश्र आधारभूत विद्यालय र वडा नं. ३१ स्थित सोलकपुर माध्यमिक विद्यालयमा आज आयोजित छुट्टाछुट्टै कार्यक्रममा ल्याब हस्तान्तरण गरिएको हो ।
सूर्य नेपालका यज्ञबहादुर आलेका अनुसार सोलकपुर माध्यमिक विद्यालयमा १५ थान कम्प्युटर, १ थान प्रिन्टर र १ थान यूपीएससहितको ल्याब स्थापना गरिएको छ भने मनमिश्र आधारभूत विद्यालयमा १० थान कम्प्युटर, १ थान प्रिन्टर र १ थान यूपीएस उपलब्ध गराइएको छ । यसरी प्रविधिमूलक पूर्वाधार विद्यालयमै स्थापना भएपछि विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा डिजिटल शिक्षा सिक्ने अवसर मिल्ने बताइएको छ ।
मनमिश्र आधारभूत विद्यालयमा आयोजित हस्तान्तरण कार्यक्रममा वीरगंज महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख आनन्द लामिछानेले विद्यालयमा प्रविधि प्रवेश गराउनु ठूलो उपलब्धि भएको टिप्पणी गर्नुभयो । उहाँले सूर्य नेपालले सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको यो लगानीले बालबालिकाको भविष्य उज्ज्वल बनाउन मद्दत गर्ने विश्वास व्यक्त गर्दै शिक्षा र स्वास्थ्यजस्ता क्षेत्रमा कम्पनीले पुर्याएको योगदानको प्रशंसा गर्नुभयो । विद्यालयका शिक्षक र अभिभावकहरूले कम्प्युटर ल्याब स्थापना भएपछि विद्यार्थीहरूको सिकाइ अझ व्यवहारिक र प्रविधिमैत्री हुने प्रतिक्रिया दिएका छन् । उनीहरूले यस किसिमको सहयोगले विद्यार्थीलाई डिजिटल सीप, अनुसन्धान गर्ने क्षमता र भविष्यमा प्रतिस्पर्धी बन्ने योग्यता विकास गर्न मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् ।
सूर्य नेपालले विगतदेखि नै सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण र सामुदायिक विकासका क्षेत्रमा सहयोग गर्दै आएको छ । यसपटक वीरगंजका विद्यालयहरूमा कम्प्युटर ल्याब स्थापना गरेर विद्यार्थीलाई २१ औं शताब्दीको डिजिटल शिक्षासँग नजिक्याउने प्रयास गरिएको कम्पनीले जनाएको छ ।
प्रविधि अभावका कारण ग्रामीण तथा सार्वजनिक विद्यालयका विद्यार्थीहरू पछि पर्ने अवस्था रहँदै आएकोमा यस प्रकारको सहयोगले विद्यालयहरूलाई आधुनिक शिक्षण पद्धतिसँग जोड्न सहज बनाउने अपेक्षा गरिएको छ । यसले विद्यार्थीहरूको सिर्जनशीलता, प्रतिस्पर्धात्मक क्षमता र भविष्यको सम्भावनामा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

१४ लाख हुन्डी रकमसहित दुईजना पक्राउ

वीरगंज, ६ भदौ । पर्सा प्रहरीले सूचनाको आधारमा वीरगंज महानगरपालिका–२ घुसुकपुर इदगाह चोक सडकखण्डबाट श्रोत नखुलेको करिब रु. १४...

सम्बन्धित खबर

- Advertisement -neelambads