वीरगंज, ६ भदौ । जिल्ला प्रशासन कार्यालय, पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आफ्नो कार्यकालमा प्रजिअ पदको सम्मान बढाउने काम गरेको बताउनुभएको छ ।
शुक्रवार जिल्ला प्रशासन कार्यालय, पर्साले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्नुहुँदै प्रजिअ अर्यालले जिल्ला प्रशासन कार्यालयको सेवा चुस्त–दुरूस्त बनाएको दावी गर्नुभयो ।
उहाँले तस्कर, भूमाफिया, अपराधी लगायत समाजमा बदनाम हुने गतिविधि गर्नेहरूसँग कुनै पनि प्रकारको हिमचिम नराखेको स्पष्ट पार्नुभयो ।
उहाँले पर्सामा सरूवा भई आउँदा कानुनी शासनको अनुभूति गराउँदै नागरिक सर्वाेच्चतालाई आधार मानेर काम गरेको बताउनुभयो ।
पर्सामा रहेका अधिकांश स्थानीय तहमा न्यायक समिति सञ्चालनमा नआएपछि स्थानीय प्रशासनमा अतिरिक्त भार थपिनुका साथै नागरिकले सास्ती खेप्नुपरेको जानकारी दिनुभयो ।
पर्साका स्थानीय तहका प्रमुखहरूले जिल्ला प्रशासन कार्यालयलाई सहयोग गरे पनि वडाध्यक्षहरूले नागरिकको सिफारिस नगर्दा समस्यामा परेको बताउनुभयो ।
पर्सा जिल्लामा दश महिनाको कार्यकाल बिताउने क्रममा मालिक जनता हुन् र कर्मचारी सेवक हुन् भन्ने भावनालाई जनमानसमा पु-याउने प्रयास गरेको बताउनुभयो ।
गृह मन्त्रालयले हालै पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको सरुवा गरेको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई गृह मन्त्रालयमा सरूवा गरिएको छ । अर्यालको स्थानमा पाल्पामा कार्यरत तोय नारायण सुवेदीलाई पर्साको जिम्मेवारी दिइएको छ ।

Facebook Comments Box