search

झाडापखाला र हैजा सङ्क्रमण बिरामी घट्दै

पढ्न छुटाउनुभयो ?

वीरगञ्ज १८ भदौ ।  वीरगञ्ज महानगरपालिकामा फैलिएको झाडापखाला र हैजा सङ्क्रमण क्रमशः नियन्त्रण उन्मुख देखिएको छ । पछिल्ला दिनहरूको तथ्याङ्कअनुसार अस्पताल भर्ना हुने बिरामीको सङ्ख्यामा उल्लेख्य कमी आएको छ भने उपचारपछि स्वास्थ्य भएर घर फर्किनेहरूको सङ्ख्या बढेको छ ।

वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार पछिल्लो २४ घण्टामा केवल ५ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ भने झाडापखालाका कारण ३७ जना विभिन्न अस्पतालमा भर्ना भएका छन् ।

यसअघि सोमबार ३ जनामा हैजा र ४४ जनामा झाडापखाला देखिएको थियो । आइतबारको तथ्याङ्कमा १५ जनामा हैजा र ८८ जना झाडापखालाका बिरामी भर्ना भएका थिए । तथ्याङ्कले सङ्क्रमण नियन्त्रणतर्फ अघि बढेको सङ्केत गर्छ ।

Facebook Comments Box

ताजा खबर

पाली कम्युनिस्ट पार्टीको संयोजकमा दाहाल, सहसंयोजकमा नेपाल चयन

काठमाडौँ, १९ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सहित १० दल एकता...

सम्बन्धित खबर

- Advertisement -neelambads