search

spot_img
spot_img

जनकपुरबाट सञ्चालन हुँदै आएको नेपाल प्रहरी प्रदेश कार्यालय पुनः वीरगंजमा स्थापना

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, १९ भदौ – मधेश प्रदेशको राजधानी जनकपुरबाट सञ्चालन हुँदै आएको नेपाल प्रहरी प्रदेश कार्यालय पुनः वीरगंजमा स्थापना भएको छ। सरकारले २०७७ सालमै कार्यालय वीरगंजमै रहने निर्णय गरेको भए पनि अस्थायी रूपमा जनकपुरबाट सञ्चालन हुँदै आएको थियो।
अब वीरगंजस्थित अन्तरप्रहरी कार्यालयको भवनबाट विधिवत रूपमा प्रहरी प्रदेश कार्यालयले काम प्रारम्भ गरेको हो। कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शान्तिराज कोईरालाले शुक्रवार पत्रकारहरूसँग परिचयात्मक कार्यक्रममा कार्यालयका जिम्मेवारी, अधिकार क्षेत्र र कार्ययोजना वारे जानकारी दिए।
उनका अनुसार मधेश प्रदेशका ३९ वटा मुद्दा चलाउने इकाइहरूको अनुगमन गर्ने, कामकाजमा देखिएका कमी कमजोरीमा निर्देशन दिने, लागुऔषध नियन्त्रण, फरार अभियुक्त पक्राउ, आतंकवाद तथा साइबर अपराधसँग सम्बन्धीत मुद्दा हेर्ने काम यस कार्यालयले गर्नेछ। साथै नागरिकता सम्बन्धी मुद्दा, राज्यविरूद्धका अपराध तथा संघीय सरकारले तोकेको वा राजपत्रमा प्रकाशित मुद्दा पनि यसै कार्यालयमार्पmत व्यवस्थापन हुनेछ।
एसएसपी कोईरालाले राजमार्ग सुरक्षा, प्रहरी कर्मचारीको मूल्याङ्कन, उत्कृष्ट काम गर्ने प्रहरीलाई पुरस्कारको लागि सिफारिस गर्ने तथा लापरबाही गर्ने कर्मचारीमाथि कारबाहीको लागि सिफारिस गर्ने जिम्मेवारी पनि कार्यालयको हुने बताए। उनका अनुसार सातै प्रदेशमा यस्ता कार्यालय रहेकाले प्रहरी संयोजनपछि कार्यक्षमता अझ सबल हुने छ।
हाल वीरगंजस्थित कार्यालयमा १९९ दरबन्दी रहेकामा १२५ जना प्रहरी कार्यरत छन। अपराध अनुसन्धानमा दक्ष जनशक्ति तथा आवश्यक उपकरण उपलब्ध गराई कार्यालयलाई थप प्रभावकारी बनाउने तयारी भइरहेको एसएसपी कोईरालाले जानकारी दिए।
साथै उनले संचारकर्मी र आम नागरिकलाई प्रहरीको लापरबाही, आपराधिक गतिविधि तथा फरार प्रतिवादीसम्बन्धी सूचना कार्यालयमा दिन आग्रह गरे। उनका अनुसार कार्यालयले अपराध अभिलेखीकरण, मुद्दा शाखाको अनुगमन तथा निर्देशनात्मक कार्य औपचारिक रूपमा शुरू गरिसकेको छ।
कार्यालय एक महिनादेखि वीरगंजमै सञ्चालनमा भए पनि व्यवस्थापकीय काम र मातहतका युनिटहरूको अनुगमनका कारण पत्रकारहरूसँग औपचारिक परिचयात्मक कार्यक्रम गर्न ढिलाइ भएको उनले बताए।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

स्कुल बसको ठक्करबाट सात वर्षीय बालकको मृत्यु

सिरहा, २० भदौः गोलबजार नगरपालिका-२ टुड्किया सैनिक चोकमा आज स्कुल बसको ठक्करबाट सात वर्षीय बालकको मृत्यु भएको छ ।...

सम्बन्धित खबर

- Advertisement -neelambads