search

spot_img
spot_img

इन्डो–नेपाल करातेमा अन्भीलाई दोहोरो स्वर्ण

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

काठमाडौँ, २० भदौ : नेपालकी अन्भी शाहीले इन्डो–नेपाल कराते प्रतियोगिताको पहिलो दिन आज दोहोरो स्वर्ण जितेकी छन् । अन्भीले महिला २०–२५ केजी तौल समूह र आठ–नौ वर्ष उमेर समूहमा स्वर्ण जितेकी हुन् ।
वनस्थलीस्थित आयोजक समृद्धि स्कुलको खेल परिसरमा भएको प्रतियोगिताको २०–२५ केजी तौल समूहको फाइनलमा अन्भीले नेपालकै माभेवामा लामालाई पराजित गरिन् । नेपालका कृष्टि तामाङ र आश्रिया कार्की तेस्रो भए । उमेर समूहको फाइनलमा अन्भीले नेपालकी अनुष्का महर्जनलाई हराइन् । नेपालकी समृद्धि नेपालले कास्य हात पारिन् ।
त्यसैगरी, चार–पाँच वर्षको महिलामा आर्या महर्जन, आठ–नौ वर्षको पुरुषमा दिभान्स थापा, १०–१४ वर्षको पुरुषमा अश्विन पुन मगर, १५–१७ वर्षको पुरुषमा प्रिन्स श्रेष्ठ, क्याडेटको महिलामा सुविता गौतम, जुनियर महिलामा बार्बी शर्मा, सिनियर महिलामा बन्दना तामाङ, २०–२५ केजी पुरुषमा प्रमिशसिंह क्षेत्री र सात–आठ वर्षको पुरुषमा ऋषि न्यौपाने पहिलो भए ।
पुरुष २५–३० केजीमा सनिश लामा, चर–पाँच वर्षको पुरुषमा आयान शाही र आठ–नौ वर्षको पुरुषमा नवाङ फिन्जु शेर्पाले स्वर्ण जिते । बार्बीबाहेक सबै स्वर्ण विजेता नेपालका हुन् । बार्बी भारतकी हुन् ।
प्रतियोगिताको नेपाल प्रिमियर लिग (एनपीएल) टोली काठमाडौँ गोर्खाजका कार्यकारी निर्देशक अनुभव स्वाँर सिरोहियाले एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको थियो ।
काता र कुमुते गरी ४५ स्पर्धा समावेश प्रतियोगितामा दुई सय ८३ खेलाडीको सहभागिता रहेको प्रतियोगिता संयोजक रवि शाहीले जानकारी दिनुभयो । नेपालका २५ तथा भारतका पाँच विद्यालयबाट खेलाडी सहभागी छन् । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

स्कुल बसको ठक्करबाट सात वर्षीय बालकको मृत्यु

सिरहा, २० भदौः गोलबजार नगरपालिका-२ टुड्किया सैनिक चोकमा आज स्कुल बसको ठक्करबाट सात वर्षीय बालकको मृत्यु भएको छ ।...

सम्बन्धित खबर

- Advertisement -neelambads