वीरगंज, २४ भदौ । देशैभरि चर्किदै गएको जेन–जी आन्दोलनका क्रममा वीरगंजका विभिन्न सरकारी कार्यालयमा तोडफोड र आगजनी भएको छ । प्रदर्शनकारीहरुले वीरगंज महानगरपालिकाको कार्यालयमा प्रवेश गरी तोडफोड गरेका साथै त्यहाँ रहेका सरकारी वाहनमा आगजनी पनि गरेका छन भने नगरप्रहरी कार्यालयमा पहिले तोडफोड गरेको र त्यसपछि वाहनमा आगजनी गरेको पर्सा प्रहरीले जनाएको छ।
वीरगंजको घण्टाघर चोकमा अवस्थित नेपाल दूरसञ्चारको वीरगंज वितरण केन्द्रमा प्रदर्शनकारीले प्रवेश गरी तोडफोड गरेका साथै कार्यालयका तीनवटा वाहनमा आगजनी गरेका छन। उहाँले वीरगंजको घडीअर्वास्थित आन्तरिक राजस्व कार्यालयमा पनि आन्दोलनकारीले प्रवेश गरी तोडफोड र आगजनी गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्राले जानकारी दिए ।
यसैगरी वीरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहको घर, नेपाली काग्रेस पर्साको अशोकवाटिका स्थित पार्टी कार्यालय, नेकपा एमाले पर्साको रानिघाट स्थित पार्टी कार्यालय, नेपाल टेलिकमको घण्टाघर वीरगंज स्थित कार्यालय, घरिअर्वामा रहेको कर कार्यालय, पूर्वखानेपानी मन्त्री एवं जसपा नेता प्रदिप यादवको राधेमाईस्थित घर, पूर्व कानुनमन्त्री एवं नेपाली काग्रेसका नेता अजय कुमार चौरसियाको ओमआश्रम स्थित घर, पूर्व सघीय मामिला तथा समान्य प्रशासन मन्त्री नेकपा एमालेका नेता राजकुमार गुप्ताको ओमआश्रम स्थित घर, घण्टाघर स्थित नेपाल प्रहरी प्रहरी विट, माइस्थान स्थित प्रहरी बिट, वीरगंज महानगरपालिका मेयर राजेशमान सिहको प्रगतिनगर स्थित घर, मधेश प्रदेशका पूर्वमुख्यमन्त्री मो. लालबाबु राउत गदीको मुर्ली नयका टोल स्थित घर, वीरगंजको पावर हाउस स्थित नेपाल काग्रेसका नेता अनिल रूगटाको घरमा तोडफोड तथा आगजनी भएको समाचार स्रोतको दावी छ ।