search

भाटभटेनी सुपरमार्केट लुटपाटमा संलग्न चार जना पक्राउ

पढ्न छुटाउनुभयो ?

काठमाडौँ, २५ भदौः देशैभर नेपाली सेनालगायत अन्य सुरक्षा निकाय परिचालन भएपश्आज आज बिहान १०ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म महाराजगस्थित भाटभटेनी सुपर मार्केट लुटपाटमा संलग्न चार जना पक्राउ परेका छन् ।
त्यसैगरी डिल्लीबजार–नारायणथान क्षेत्रमा शङ्कास्पद गतिविधिमा संलग्न व्यक्तिहरूले सुरक्षा फौजलाई देखेपछि छाडेर भागेको नेपाली रु दुई लाख ३२ हजार ५०० र दुई हजार ५०० डलर बरामद गरिएको सेनाले आज जनाएको छ ।
सेनाले विज्ञप्तिमार्फत सुरक्षाकर्मीबाट लुटिएका थप हतियार एक नालसहित हालसम्म जम्मा ३२ नाल बरामद भएको जनाएको छ । साथै डडेलधुरास्थित जिल्ला कारागारबाट निस्केर भागेका कैदीबन्दीमध्ये २६ जनालाई नियन्त्रणमा लिइएको तथा काठमाडौँ डिल्लीबजारस्थित सदर कारागारबाट भाग्ने प्रयास गरेका कैदीबन्दीलाई रोकिएको छ । रासस
Facebook Comments Box

ताजा खबर

रास्वपा पर्साद्वारा समानुपातिक उम्मेदवार छनोट सम्बन्धि मापदण्ड सार्वजनिक

वीरगंज , मंसिर - १२ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला कार्यसमिति पर्साले आगामी प्रतिनिधि सभा निर्वाचन–२०८४ का लागि समानुपातिक उम्मेदवार...

सम्बन्धित खबर

- Advertisement -neelambads