search

उछृङ्खल गतिविधिमा संलग्न २७ जना पक्राउ, ३३ लाख बरामद

पढ्न छुटाउनुभयो ?

काठमाडौँ, २५ भदौः पछिल्लो विषम परिस्थितिको अनुचित फाइदा उठाई लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने मनसायले उछृङ्खल गतिविधिमा संलग्न २७ जना पक्राउ परेका छन् ।
मङ्गलबार राति १० बजेदेखि आज बिहान १० बजसम्म देशका विभिन्न स्थानमा विध्वंसात्मक तथा अराजक गतिविधिमा संलग्न भएका उनीहरूलाई नेपाली सेनाले नियन्त्रणमा लिएको हो । सुरक्षा निकायले काठमाडौँको गौशाला–चाबहिल–बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिबाट रु ३३ लाख ७० हजार बरामद गरिएको सेनाले जनाएको छ ।
काठमाडौँका विभिन्न स्थानबाट २३ र पोखराबाट आठ नाल गरी विभिन्न किसिमका हतियार ३१ थान तथा म्यागजिन एवं गोलीगठ्ठा बरामद भएका छन् । सार्वजनिक तथा निजी सम्पत्तिमाथि प्रदर्शनकारीले लगाएको आगो तीनवटा बारुणयन्त्रको प्रयोग गरी नियन्त्रण गर्ने कार्य भइरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
Facebook Comments Box

ताजा खबर

रास्वपा पर्साद्वारा समानुपातिक उम्मेदवार छनोट सम्बन्धि मापदण्ड सार्वजनिक

वीरगंज , मंसिर - १२ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला कार्यसमिति पर्साले आगामी प्रतिनिधि सभा निर्वाचन–२०८४ का लागि समानुपातिक उम्मेदवार...

सम्बन्धित खबर

- Advertisement -neelambads