सीमा क्षेत्रमा भारतीय एसएसबीको कडाई

1200x150_1200x150-01.jpg (1)
वीरगंज, २५ भदौ । नेपालसँग जोडिएका सीमावर्ती क्षेत्रमा भारतीय सुरक्षाकर्मीहरुले सुरक्षा सतर्कता कडा पारेको छ। नेपालभरि कफ्यु आदेश जारी भएको र विभिन्न जिल्लाका कारागारबाट कैदीबन्दी भागेपछि भारतीय सुरक्षाकर्मीहरूले चेकजाँचमा कडाइ गरेका हुन । पर्सा जिल्लाको मुख्य नाका वीरगंज सहितका सीमावर्ती प्रवेश नाकामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले कडाइपूर्वक चेकजाँच गरिरहेको छ । भारतको रक्सौल बजार हुँदै नेपाल छिरेका सर्वसाधारणको सीमामा चेकजाँच निकै कडा पारिएको र नेपालीहरूलाई भारत प्रवेशमा कडाइ गरेको छ ।

भर्खरै

सम्बन्धित पोस्टहरुः