search

spot_img
spot_img

सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

काठमाडौँ, २६ भदौः सीमित कर्मचारीमार्फत अत्यावश्यक बैङ्किङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई आग्रह गरेको छ ।
राष्ट्र बैङ्कले सम्पूर्ण इजाजतप्राप्त बैङ्क, विकास बैङ्क, वित्त कम्पनी तथा भुक्तानीसम्बन्धीकार्य गर्ने संस्थालाई व्यवसायिक निरन्तरता दिन भनेको हो । राष्ट्र बैङ्कले आज यहाँ सार्वजनिक गरेको सूचनामा नेपाली सेनाले भदौ २५ गते जारी गरेको निषेधाज्ञासम्बन्धी व्यवस्थालाई मध्यनजर गर्दै यस्तो व्यवस्था मिलाउन निर्देशन दिइएको उल्लेख छ ।
सूचनामा भनिएको छ, “बैङ्क तथा वित्तीय संस्थाले आफ्ना संवेदनशील प्रणाली सीमित कर्मचारीमार्फत सञ्चालन गरी अत्यावश्यक बैङ्किङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सञ्चालन गर्नुपर्नेछ । अन्य प्रणालीमा भने जोखिमको आधारमा रिमोट एसिसमार्फत सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्नेछ,” नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।
त्यस्तै, सूचनामा आवश्यक सेवा सञ्चालनमा आएका शाखा, एटीएम र उपलब्ध सेवासम्बन्धी जानकारी आफ्नो वेबसाइट र सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई जानकारी गराउन सबै संस्थालाई आग्रह गरिएको छ । रासस
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

पाँच किलो गाँजासहित दुईजना पक्राउ

वीरगंज, २६ भदौं । इलाका प्रहरी कार्यालय सिमराले जीतपुरबाट पाँच किलो गाँजासहित दुर्ई जनालाई पक्राउ गरेको छ । प्रहरी...

सम्बन्धित खबर

- Advertisement -neelambads