search

जनविद्रोह गर्ने र विस्थापित भएकाको परीक्षण निर्वाचनमार्फत हुन्छः गृहमन्त्री अर्याल

पढ्न छुटाउनुभयो ?

काठमाडौँ, ३० भदौः नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन वर्तमान सरकार गठन भएको बताउनुभएको छ । गृहमन्त्रालयमा आज पदबहालीपश्चात् सञ्चारकर्मीसँग उहाँले निष्पक्ष निर्वाचन गर्ने मूल कार्यभार लिएर सरकार गठन भएको स्पष्ट पार्नुभयो ।
मन्त्री अर्यालले निर्वाचनसँगै आन्दोलनका क्रममा क्षतिग्रस्त भएका संरचना निर्माण सरकारको प्राथमिकतामा रहेको बताउनुभयो ।
“विद्रोहबाट विस्थापित भएकाको फेरि पुनरागमन हुने अवस्था रहेछ, जनताले ‘म्यान्डेड’ दिनहुन्छ भने पनि त्यसका लागि निर्वाचनमै जानुपर्छ”, मन्त्री अर्यालले भन्नुभयो, “जसले नयाँ जनविद्रोह गर्नुभयो र अहिले यो अवस्था आयो । अब जनविद्रोहमा सफल हुने पनि त्यसको पूर्ण रुपमा पुष्टि निर्वाचनबाट गर्नुपर्नेछ ।”
आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट अत्यधिक बल प्रयोग भएका सम्बन्धमा सरकारले छानबिन गर्ने मन्त्री अर्यालले बताउनुभयो । रासस
Facebook Comments Box

ताजा खबर

माडी–ठोरी सडकको पटारी खोलामा अलपत्र पुल निर्माणको ठेक्का तोडियो

वीरगंज , मसिर - १२ चितवनको माडी–ठोरी सडकखण्डअन्तर्गत पर्ने पटारी खोलामा वर्षौंदेखि रोकिएको पुल निर्माण कार्यको ठेक्का सरकारले तोडेको छ।...

सम्बन्धित खबर

- Advertisement -neelambads