search

बुधबार नेपालभर सार्वजनिक बिदा

पढ्न छुटाउनुभयो ?

काठमाडौँ, ३१ भदौः गृह मन्त्रालयले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन बुधबार सार्वजनिक बिदा दिएको छ ।
मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले आज एक विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्को यही भदौ ३० गतेको निर्णयअनुसार भोलिलाई सार्वजनिक बिदा घोषणा गरिएको जानकारी दिनुभयो ।
जारी विज्ञप्तिमा भनिएको छ, “भदौ २३ र २४ गते जेनजी पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन असोज १ गते बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने नेपाल सरकार (मन्त्रिपरिषद्) बाट निर्णय भएको बेहोरा सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।” रासस
Facebook Comments Box

ताजा खबर

माडी–ठोरी सडकको पटारी खोलामा अलपत्र पुल निर्माणको ठेक्का तोडियो

वीरगंज , मसिर - १२ चितवनको माडी–ठोरी सडकखण्डअन्तर्गत पर्ने पटारी खोलामा वर्षौंदेखि रोकिएको पुल निर्माण कार्यको ठेक्का सरकारले तोडेको छ।...

सम्बन्धित खबर

- Advertisement -neelambads