search

४ लाखको भन्सार छली सामान नियन्त्रण

पढ्न छुटाउनुभयो ?

वीरगंंज, ३१ भदौ । पर्सा जिल्लाका विभिन्न स्थानहरूबाट भन्सार छली गरेर ल्याइएको झण्डै चार लाख रुपियाँ बराबरको सामान सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ । मंगलवार पर्साको पकाहा मैनपुर गाउँँपालिका–५ लक्ष्मीपुरस्थित सीमा क्षेत्रमा खटिएको सीमा सुरक्षा गुल्म लहावर थकरीले भारतबाट टाउकोमा बोकी ल्याउँदै गरिएको रू. ५४,१५० मूल्य बराबरको कपडा नियन्त्रणमा लिएको थियो । त्यसैगरी वीरगंज–१४ गण्डकचोकबाट खटिएको प्रसीसु गुल्मको ९ सदस्यीय टोलीले पनि ठूलो मात्रामा अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी नायब उप–निरीक्षक पुरूषोत्तम भण्डारीको नेतृत्वमा खटिएको टोलीले भारतबाट भन्सार छली ल्याइएको पर्दा र प्रदेश–२–०३–००१ ह ८३९ नम्बरको ई–रिक्सा नियन्त्रणमा लिएको छ । ५० हजार मूल्य बराबरको पर्दा र ई–रिक्साको ३ लाख मूल्याकंन गरी वीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
Facebook Comments Box

ताजा खबर

माडी–ठोरी सडकको पटारी खोलामा अलपत्र पुल निर्माणको ठेक्का तोडियो

वीरगंज , मसिर - १२ चितवनको माडी–ठोरी सडकखण्डअन्तर्गत पर्ने पटारी खोलामा वर्षौंदेखि रोकिएको पुल निर्माण कार्यको ठेक्का सरकारले तोडेको छ।...

सम्बन्धित खबर

- Advertisement -neelambads