search

spot_img
spot_img

मधेस प्रदेशसभामा ४० करोड बराबरको क्षति

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

धनुषा, ३१ भदौ : जेनजीको आन्दोलन र प्रदर्शनको क्रममा जनकपुरधाम उपमहानगरपालिका–१२ स्थित रहेको मधेस प्रदेशसभा र सचिवालयमा रु ४० करोड मूल्य बराबरको भौतिक सामग्री क्षति भएको छ ।
मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलका अनुसार प्रदेशसभाका सातै दलका संसदीय दलका कार्यालय, दलका सभापतिहरूका कार्यकक्ष, सभामुखको कार्यकक्षदेखि लिएर सचिवालयका अधिकांश शाखामा तोडफोड र आगजनी गरी पूर्ण रुपमा क्षति पुर्‍याएको राससलाई जानकारी दिनुभयो ।
त्यस्तै प्रदर्शनकारीहरूले कार्यालय क्षेत्र मात्र नभई गाडी र व्यक्तिगत सम्पत्तिमा समेत आक्रमण गरेको उहाँले भन्नुभयो । तोडफोडमा प्रदेशसभा सचिवालयको हायसगाडीमा आगजनी गरेर ध्वस्त बनाएको छभने सभामुख मण्डलको निजी गाडीको सिसा तोडफोड गरेर क्षतिग्रस्त बनाएको बताइएको छ ।
कार्यालयभित्र भएका फर्निचर, कम्प्युटर, ल्यापटप, इटरनेट, टेलिभिजन र पङ्खालगायतका भौतिक सामग्री लुटपाट गर्नुका साथै जलाएर पूर्ण क्षतिग्रस्त बनाएको उहाँले जानकारी दिनुभयो । साथै सभामुख मण्डलले आफ्नो निवासमा पनि आन्दोलनकारीहरूले तोडफोड गर्नुका साथै तीन तोला सुनको गहना लुटेर लगेको जानकारी दिँदै यो एकदम गम्भीर एवं दुःखद् विषय भएको बताउनुभयो ।
त्यस्तै प्रदेशसभाभित्र रहेको मिडिया सेन्टरका कम्प्युटर र टेलिभिजन समेत लुटपाट भएको सचिवालयले जनाएको छ । यसैबीच मधेस प्रदेशसभाबाट आन्दोलनको नाममा लुटपाट गरी लगिएको कम्प्युटर, ल्यापटप, प्रिन्टर, स्क्यानर, टेलिभिजन, क्यामरा, मनिटर, माइक, स्पिकर, फोटोकपी मेसिन, एसीलगायत विद्युतीय उपकरणका साथै भौतिक सामग्रीलगायतका सामान फिर्ता गर्न अनुरोध गरिएको छ । मधेस प्रदेशका सचिव वासुप्रसाद कोइरालाद्वारा लिखित सूचनामा उपरोक्त विद्युतीय सामग्री फिर्ता पठाउन अनुरोध गरिएको छ । रासस
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

अमलेखगंजबाट नरभक्षी बाघलाई समातियो

बारा ३ असोज । बाराको अमलेखगञ्ज क्षेत्रमा पटक–पटक आक्रमण गरी मानिसको ज्यान लिँदै आएको नरभक्षी बाघलाई...

सम्बन्धित खबर

- Advertisement -neelambads