वीरगंज, ९ असोज । पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका–५ भिस्वामा दुई समूहबीच झडप हुँदा गोली लागेर एकजना घाइते भएका छन् । गोली लागेर स्थानीय १६ वर्षीय गोलु आलम धुनिया घाइते भएका छन् । उनको नारायणी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। भिस्वा बजारस्थित गाँउपालिका कार्यालय पछाडिको सडकमा बिहीवार साँझ दुई समुहबीचको झगप भएको र गोली चल्दा आलम घाइते भएको प्रहरी उपरीक्षक सुदीपराज पाठकले जनाएका छन् । घाइते आलमको नारायणी अस्पतालमा उपचार भइरहेको र उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
Facebook Comments Box