search

पर्सामा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

पढ्न छुटाउनुभयो ?

वीरगंज, १७ असोज । पर्सा जिल्लाको छिपहरमाई गाउँपालिकाको वडा नं. ३ जयमंगलापुरमा शुक्रवार बिहान एकजना २७ वर्षीय युवकको शव भेटिएको छ । गाउँपालिकाको टिहुनी झलमहिया–भिष्णु सडकखण्डमा अवस्थित वडा कार्यालयभन्दा सय मिटर पश्चिममा रहेको पुल नजिकै वडा नं. ३ जयमंगलापुर निवासी रमेश साह कानु मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार कानुले चलाएको बी.आर.ए.एल १२७३ भारतीय नम्बरको मोटरसाइकल पुलबाट पोखरीमा खस्दा डुबेर उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जानकारी दिए । कानुले चलाएको मोटरसाइकल उनको शव नजिकै रहेको र उनको शरीरमा कुनै घाउखत नभएकाले दुर्घटनै कारण हुन सक्ने बढी सम्भावना रहेको उहाँले बताउनुभयो। कानुको मृत्युको कारण पोष्टमार्टम रिपोर्ट आएपछि एकिन साथ भन्न सकिने उहाँले बताउनुभयो। आवश्यक अनुसन्धान पूरा भएपछि मृतक कानुको शव परीक्षणका लागि वीरगंज लगिएको उनले बताए ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads